न्युयोर्कको सलिनामा चोरी भएको गाडीको अनुसन्धान गर्ने क्रममा २ जना प्रहरी अधिकारीको गोली हानी हत्या, संदिग्ध पनि मारिए

इनेप्लिज २०८१ वैशाख ३ गते ११:२९ मा प्रकाशित

न्युयोर्कको सलिना शहरमा चोरी भएको गाडीको अनुसन्धान गर्ने क्रममा २ जना प्रहरी अधिकारीहरुको गोली हानी हत्या भएको छ ।

एबिसीन्यूजका अनुसार प्रहरी अधिकारीहरूले चोरीको गाडीको अनुसन्धान गरिरहेका थिए।

न्यूयोर्कको सलिना शहरमा चोरी भएको गाडीको खोजी गर्दा गोली चलाउँदा एक शेरिफका सहायक प्रहरी र एक प्रहरी अधिकारीको मृत्यु भएको अधिकारीहरूले सोमबार बिहान पुष्टि गरेका छन्।

न्यूयोर्कको सिराक्यूज प्रहरी अधिकारी र एक ओनोन्डागा काउन्टी शेरिफको प्रहरी सहायकलाई गोलीबारी पछि गम्भीर अवस्थामा स्थानीय अस्पताल लगिएको पहिले प्रहरीले बताएका थिए । दुवैलाई बिश्वबिद्यालयको अस्पतालमा मृत घोषणा गरिएको प्रहरी अधिकारीले सोमबार बिहान जानकारी दिए ।

घटनाका मुख्य संदिग्ध व्यक्तिलाई पनि मारिएको अधिकारीहरुले बताएका छन् ।

साँझ ८ बजेपछि प्रहरी अधिकारीहरूले सवारी साधनलाई रोक्न प्रयास गरिरहेका थिए। जब गाडी रोकिएन, प्रहरी अधिकारीहरूले उनको चालक अनुमतिपत्र दर्ता संख्या पातो (लाइसेन्स प्लेट नम्बर )लिए। प्रहरीहरु त्यसैलाई पछ्याउदै घरको ठेगाना सम्म पुगेका थिए ।

प्रतिक्रिया