स्व. चेतन कार्की र निशा घिमिरेको स्मृति पुरस्कार २०८१ समारोहका बिच श्रष्टाहरुलाई अर्पण गरिने भएको छ

इनेप्लिज २०८० चैत ३० गते १०:१७ मा प्रकाशित

नेपाली चलचित्र क्षेत्र एवं नेपाली गीत संगीत क्षेत्रका विशिष्ट साधक स्व. चेतन कार्कीको स्मृतिमा स्थापना गरिएको चेतन कार्की स्मृति पुरस्कार र अभिनेत्री मोडल निशा घिमिरेको स्मृतिमा स्थापना गरिएको निशा स्मृति पुरस्कार २०८१ वैशाख १३ गते अनामनगर स्थित किम्ची सभाकक्षमा एक समारोहका बिच श्रष्टाहरुलाई अर्पण गरिने भएको छ ।

परिवर्तन नेपालको कार्य सम्पादन समितिको बैठकले विगत २ दशकभन्दा बढी समय देखि नेपाली चलचित्र उद्योगको संरक्षण प्रवद्र्धन श्रीवृद्धि र पेशाकर्मीको उत्थानका लागि संस्थागत एवं व्यक्तिगत तवरले नेपाली चलचित्र निर्माण, निर्देशन र अभिनयको माध्यमबाट पु¥याउनु भएको योगदानको लागि निर्माता निर्देशक अभिनेता श्री आकाश अधिकारीलाई २०८० सालको चेतन कार्की स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरिएको छ । चलचित्रकर्मी मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी शान्तिप्रियको सम्मिलित छनौट समितिको सिफारिसमा श्री अधिकारीलाई पुरस्कार अर्पण गर्ने निर्णय भएको छ । १५ हजारको थैली सहित सम्मान प्रदान गरिने चेतन कार्की स्मृति पुरस्कार गत साल अभिनेता निर्देशक देशभक्त खनाललाई अर्पण गरिएको थियो ।

यसैगरी निशा संरक्षण कोषका अध्यक्ष समाजसेवी श्री दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको कोषको बैठकले विगत १५ वर्षदेखि नेपाली चलचित्र, मोडलिङ र म्यूजिक भिडियोमा अभिनय गर्दै आउनु भएकीे अभिनेत्री श्री अनु शाहलाई वहाँको नेपाली चलचित्र, म्यूजिक भिडियो प्रतिको साधना समर्पणको उच्च मुल्याङ्कन गर्दै २० हजार नगद थैली सहित को निशा स्मृति पुरस्कार, विगत १५ वर्षभन्दा बढी समय देखि अभिनय, मोडलिङ र गायन क्षेत्रम सक्रिय रहनु भएका श्री वविता ढकाललाई २० हजार नगद थैली सहित निशा स्मृति प्रतिभा पुरस्कार र विगत २ दशक भन्दा बढी समय देखि चलचित्र पत्रकारिताको माध्यमबाट नेपाली कला, संस्कृति, चलचित्र क्षेत्र एवं पेशाकर्मीको उत्थानमा योगदान पु¥याउँदै आउनु भएकी संचारकर्मी श्री गीता अधिकारीलाई नगद १० हजार थैली सहित निशा स्मृति पत्रकारिता पुरस्कार अर्पण गर्ने निर्णय गरिएको छ । उक्त पुरस्कार समाजसेवी दुर्गानाथ दाहाल, चलचित्रकर्मी मोहन निरौला, अभिनेत्री पवित्रा आचार्य सम्मिलित छनौट समितिको सिफारिसमा निर्णय गरिएको हो ।

प्रतिक्रिया