नेकपा एमाले ओखलढुङ्गाका निवर्तमान अध्यक्ष शंकर कटवालले नेतृत्वको रवैया मन नपरेको भन्दै पार्टीबाट साधारण सदस्य समेत नरहनेगरी राजीनामा

बेद प्रसाद घिमिरे २०८० चैत २९ गते १०:०८ मा प्रकाशित

नेकपा एमाले ओखलढुङ्गाले दशौं अधिवेशन २६ गते सुरु गरेर हिजो समापन गरेसँगै निवर्तमान अध्यक्ष शंकर कटवाल द्वारा पार्टी परित्यागको घोषणा गरेका छन्ने कपा एमाले ओखलढुङ्गाको दशौं अधिवेशनमा पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले गर्नुभएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रतिस्पर्धा गर्न तम्सिने अनि प्रतिस्पर्धाबाट प्राप्त परिणमलाई स्वीकार गर्न नसक्ने रोग देखिएको भन्दै प्रतिस्पर्धा गर्दा स्वस्थ प्रतिस्पर्धा गर्न र परिणाम आइसकेपछि विजयी बन्नेलाई विजयी बन्न नसकेका साथीहरूले सबैभन्दा पहिला माला र खादा लगाउन सक्ने हुन आग्रह गर्नुभयो । उहाँले नेतृत्व छान्दा तुलनात्मक रूपमा विचारमा प्रष्ट भएको, संगठन निर्माण र परिचालनमा अनुभव भएको, जनताले पत्याएको र चिनेको, भोलि जनताले भरोसा गर्नेलाई छान्न पनि निर्देशन दिनुभयको थियो ।

बरिष्ठ उपाध्यक्ष पोखरेलले करप्टेड र फ्रस्टेटेड मान्छे नेकपा (एमाले) हुन नसक्ने र करप्टेड र फ्रस्टेटेडबाट पार्टीलाई बचाउनपर्नेमा जोडदिन आग्रह गर्नुभयको थियो उद्घाटन समारोहमा स्थायी कमिटी सदस्य शेरधन राईले पार्टीमा देखिएका चुनौतीहरूलाई सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयको थियो २७ गते बन्द सत्रमा सहमतिका आधारमा नेतृत्व चयन गर्न नसकेपछि २८ गते निर्वाचनबाट जीवन खड्का निर्वाचित भएका हुन्। निवर्तमान अध्यक्ष शंकर कटुवालले दशौँ जिल्ला अधिवेशनमा भएका गतिविधिलाई औल्याउँदै नेतृत्वको कार्यशैलीप्रति पक्षपात देखिएको भन्दै आफ्नो ३४ वर्षको राजनीतिबाट अलग भएको घोषणा सामाजिक सञ्जाल मार्फत गर्नुभएको छ । अराजनैतिक क्रियाकलापले न पार्टीलाई फाइदा हुन्छ न ओखलढुंगे जनताले फाइदा पाउँछन् राजनीति न्याय स्थापित नभएको भन्दै नेतृत्वको कारण नेकपा एमालेको साधारण सदस्यसमेत परित्याग गरेको घोषणा गर्नुभएको छ।

प्रतिक्रिया