कैलालीको वनमा डढेलो लाग्यो,वातावरण विनासको चपेटामा केहि सामुदायिक र वन कर्मचारीको पहलमा आगो नियन्त्रण गरियो

वीरेन्द्र रावल २०८० चैत २८ गते ११:०८ मा प्रकाशित

धनगढी, चैत्र २८÷ कैलाली जिल्लाका विभिन्न स्थानका सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेको छ ।

मंगलबार र बुधबार कैलालीको चुरे , मोहन्याल ,लम्की चुहा र भारताल वन क्षेत्रको अधिकाँश वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।

वनमा आगो लागेका कारण कैलाली जिल्लाभरी वातावरण प्रदुषित बन्नुका साथ साथै दिउसै तुवाँलो लागे जस्तो देखिन थालेका छ ।

प्रदुषित वायूका कारण आँखा पिरोल्ने,चिलाउने जस्ता समस्याहरु देखिन थालेको छ ।

कैलाली जिल्लाको चुरे ४ लगायतका विभिन्न सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेका कारण आगो नियन्त्रण भन्दा बाहिर गएको कुरो खैरालाका सहायक वन अधिकृत मनोज ढकालले जनाएका छन् ।

जंगलमा जाने गोठालो देखि लिएर चोरी शिकार खेल्ने मानिसहरु ले वनमा आगो लगाई दिंदा लागेको डढेलोका कारण चुरेमा व्यापक वन विनास हुना पुगेको कुरा ढकालले बताए ।

बुधबार जंगलमा लागेको आगो निभाउनका लागि आफु लगायत केहि कर्मचारीहरु खटिएको भएतापनि चुरे पहाड भीरालो जमिन भएका कारण आगो नियन्त्रणमा आउन नसकेको पािन ढकालले बताए ।

यस्तै कैलालीको लम्की चुहानगरपालिकाको डुढेझारीस्थित महिला जागरण उपभोक्ता समूहमा लागेको डढेलो महिला, सशसस्त्र प्रहरी बल र स्थानीयको पहलमा नियन्त्रणमा ल्याइएको कुरा सामुुदायिक वनका अध्यक्ष जालपा देवी भण्डारीले बताएकी छिन् ।

वनमा आगो सल्केको थाहा पाउनै वित्तिकै सुरक्षा निकायलाई गुहारेर सामुदायिक वनका महिलाहरु मिलेर आगो निभाइएको कुरा अध्यक्ष भण्डारीले बताईन ।

रातीको समयमा अपरिचित व्यत्तिःले वनमा आगो लगाइएपनि डढेलोको रुप लिन नपाओस् भन्नका लागि सबैको प्रयासमा आगो नियनत्रणमा ल्याइएको पनि अध्यक्ष भण्डारीले बताईन ।

यस्तै कैलालीको मोहन्याल २ मा पनिज दुई दिनदेखि लागेको डढेलो नियन्त्रणमा आउन नसकेको कुरा स्थानीय रमेश सापकोटाले बताएका छन् ।

सामुदायिकब वनमा लागेको डढेलो नियन्त्रण भन्दा बाहिर गएको पनि सापकोटाले बताए ।

बढेलो लागेका कारण बुढा बुढी र बालबालिकालाई स्वास फेर्न समेत कठिन हुनुका साथ साथै वातावरण नराम्ररी प्रभावित बन्न पुगेको कुरा सापकोटाले बताए ।

वन संरक्षणको जिम्मेवारी लिएका सामुदायिक वन, वन डिभिजन कार्यालय र आम सरोकारवाला निकायले खासै चासो नदेखाएका कारण कैलालीको चुरे क्षेत्रको वन डढेलोको चपेटामा पर्ने गरेको अधिकाँश चुरेवासीहरुको गुनासो रहेको छ ।

कैलाली जिल्लामा खासगरी धनगढी डिभिजन वन कार्यालयको मातहतमा आगलागी भैरहँदा सम्म के हेरेर बसेको भन्ने जिज्ञासामा धनगढी डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत रामचन्द्र कँडेलले आफ्नो क्षेत्रमा खासै डढेलो नलागेको जवाफ दिन्छन् । कैलालीको भारताल, खैराला र चुरे धनगढी वन डिभिजन कार्यालय अन्तरगत पर्दछन् । चुरेमा डढेलो नियन्त्रणमा आउन नसकेको कुरा सहायक वन अधिकृत मनोज ढकाल डढेलो नियन्त्रण गर्न नसकिएको स्वीकार गर्छन।

तर धनगढी डिभिजन वनका वन अधिकृत रामचन्द्र कँडेल भने यस्तो जवाफ दिन्छन्— हामीले उपभोक्तालाई र जनतालाई सचेतनताका लागि भन्ने भन्ने हो , जंगलमा आगो लागेको बारे आफुलाइ त्यति जानकारीनै छैन ।

हरियो वन नेपालको धन भन्ने उख्खानलाई केवल उपयोगको साधन मात्र बनाईन थालेपछि कैलाली जिल्लाको हरियो वन क्षेत्र दिनानु दिन विनासको चपेटामा पर्दै जान थालेको छ । सरकारले वन संरक्षणको जिम्मेवारी लिएका निकायलाई बढी जिम्मेवार बनाउनु पर्ने आम कैलालीबासीको धारणा छ ।

कैलाली जिल्लामा रहेको हरियो वनलाई गिद्देदृष्टि लाएर बसेका वन केहि वन कर्मचारी, राजनीतिक दल र वन माफियाको योजनामा ढलापडा,आगलागी लगायतका फायल खडा गर्नकै लागि पनि वनमा आगो लगाउने गरेको पाइएको छ । वातावरण विनासका त्यस्ता प्रमूख कारकहरुलाई राज्यका निकायले गम्भीरताका साथ लिएर हदै सम्मको कारवाही गर्न जरुरी देखिन्छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया