क्यानडामा मौसम शाक्य द्वारा “माइन्डफुलनेस एण्ड स्पेशस रेजलियन्स” बिषयमा प्रशिक्षण

इनेप्लिज २०८० चैत २७ गते १०:१७ मा प्रकाशित

ब्राम्प्टन (क्यानडा), सचेतनता बिषयका प्रेरक बक्ता मौसम शाक्यले आफ्नो क्यानडा भ्रमणको क्रममा ब्राम्प्टन स्थित पशुपतिनाथ मन्दिरमा “माइन्डफुलनेस एण्ड स्पेशस रेजलियन्स” बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। बिषयबस्तुमा प्रबेश गर्नु हुदै उहाँले कोभिदकाल पस्चात मानिसहरुमा तनाब, चिन्ता, मानसिक समास्यामा बृद्दि भएको बताउनु हुदै त्यसमाथि पनि यान्त्रिक शैलीको जीबनयापन एबम उपभोगबादी सोचले अझ बढि समस्या उत्पन्न भएको छ भन्नु भयो।

भाबनात्मक चुनौति बिषयमा प्रकाश पार्नु हुदै जेन जेड (सन १९०० र २०००को उत्तरार्द्दमा जन्मिएका पिढि) र सो पछि जन्मिएका जेन अल्फा पिढिमा सो बढि भाबनात्मक चुनौति रहेको र उनिहरुका अभिभाबकहरुले बर्तमान अबस्था अनुसार आबश्यक क्षमता अध्याबधिक गर्न नसकेमा आमाबाबुको कुरा नसुन्ने अबस्था आउछ भन्नु भयो।

बर्तमान बिस्व निकै नै अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट भै गुज्रीरहेको रहेको अबस्थामा प्राबिधिक तथा आध्यात्मिक प्रणालिबाट कल्याणको मार्ग पहिल्याउन सकिने बताउनु भयो। मन र मस्तिष्क लाई बुझेर सिक्ने , परिबर्तित अबास्थालाई मस्तिष्कले अबलम्बन गर्ने (न्युरोप्लास्टिसिटि) तथा ब्यस्त रहिरहने प्राबिधिक पद्दति हो भने आध्यात्मिक मन, निश्चिंत मनोबृति तथा निरन्तर बृद्दिमा तयारी भै रहनु आध्यत्मिक प्रणालि हो भन्नु भयो।

उल्लेखित प्रणालिहरुलाई प्रक्रियागत रुपमा लान बिचार, मनोबेग र स्व-समझ जस्ता बिभिन्न पक्षहरुले भूमिका खेल्ने बताउनु भयो। हाम्रो दिमागमा सम्झना, योजना, अधिसूचना तथा भाबनाको माध्यम बाट दैनिक पचास देखि सत्तरीहजार बिचारहरु आइरहने र ती सबै अतित तथा भबिष्यको आधारमा हुने र ती मध्य उपयुक्तलाई अबलम्बन गर्नु पर्ने प्रक्रिया बिचार प्रक्रिया अन्तर्गत रहन आउन्छ, उहाँले भन्नु भयो।

मनोबेगात्मक प्रक्रिया अन्तर्गत सुख, दुख, भय, रिस, अद्भुतपना, घृणा हाम्रो मनमा आईरहने र ती सबै हिमशिला जस्तै शक्तिशाली हुने जनाउनु हुन्दै ती तत्वहरुको प्रतिक्रिया गर्न ब्यक्ति अनुसार सामना गर्ने, छोडर जाने अथबा चुप रहने गर्छन भन्नु भयो। त्यसै गरि हाम्रो जीबन प्याजको तह तह जस्तै हुने र आफ्नो ब्यक्तित्व कुन तह संग मिल्छ भनि आफैले पतालगाउनु स्व-समझ प्रक्रिया भएको जानकारी दिनु भयो।

कार्यक्रममा सहभागिहरुका बिच ध्यानको माध्यमबाट शरिर, स्वास चेतना, महसुस, मनोबेग बिमोचन तथा चेतनाबारे प्रत्यक्ष अनुभब गराई सो सम्बन्धि ब्याख्या गर्नु को साथै उहाँले सहभागिहरुको जिज्ञासाको उत्तर पनि दिनु भएको थियो। कार्यक्रम को संयोजन रोदेश शाक्य तथा हीरालक्ष्मी शाक्य दम्पतिले गरेका थिए भने प्रशिक्षक बक्ता मौसम शाक्यलाई खादा ओढाई सम्मान गर्नु को साथै मायाको चिनो प्रदान गरिएको थियो।

प्रतिक्रिया