एमालेका उम्मेदबार सुहाङ नेम्वाङलाई परिवार दलको समर्थन

इनेप्लिज २०८० चैत २६ गते २३:११ मा प्रकाशित

काठमाडौ । नेपाल परिवार दलले प्रतिनिधी सभा सदस्यको उपनिर्वाचनमा इलाम–२ नेकपा एमालेका उम्मेदबार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ । दलको बरिष्ठ उपाध्यक्ष एवम् दलको कोशी प्रदेश समितिका संयोजक बिनोद डाँगीले प्रेस बिज्ञप्ती जारी गदै दलको इलाम नेतृत्व सदस्य, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदातालाई सुर्य चिन्हमा मतदान गर्न आवहान गरेका छन् ।

२०८१ साल वैशाक १५ गते हुन लागिरहेको इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उप–निर्बाचनमा सघाउन दलका केन्द्रीय सहमहामन्त्री एवम् संबिधा सभा सदस्य मिलन राजबंशीको नेतृत्वमा एक टोली इलाम पठाउने तयारी गरेको परिवार दलका एक नेताले बताए । एमालेको तर्फबाट युवा उम्मेदबार सुहाङ नेम्वाङले अत्याधिक मतसहित जित्ने आधार तयार भएको परिवार दलको बुझाई छ ।

प्रतिक्रिया