जाम्बियाको सफारीमा हात्तीको आक्रमणबाट वृद्ध अमेरिकी पर्यटकको मृत्यु

इनेप्लिज २०८० चैत २१ गते २३:३० मा प्रकाशित

जाम्बियाको सफारीमा हात्तीको आक्रमणबाट वृद्ध अमेरिकी पर्यटकको मृत्यु भएको छ ।

काफु राष्ट्रिय निकुञ्जमा भएको आक्रमणमा परी पर्यटकको मृत्यु भएको हो । जाम्बियामा “आक्रामक” साँढे हात्तीले गाडीमा आक्रमण गरेपछि एक वृद्ध अमेरिकी पर्यटकको मृत्यु भएको सफारी संचालकले बताए ।

घटना गत शनिबार बिहान जाम्बियाको काफु राष्ट्रिय निकुञ्जमा भएको लुसाकाका प्रहरी प्रवक्ताले एबीसी न्यूजलाई पुष्टि गरे।

एक आक्रामक साँढे हात्तीले लुफुपा शिविरमा रहेका छ जना पाहुना र एक मार्गदर्शी (गाइड )बोकेको गाडीलाई आक्रमण गरेको सफारी सञ्चालन गर्ने कम्पनी वाइल्डनेसले एबीसी न्यूजलाई बुधबार एक विज्ञप्तिमा जानकारी दिएको छ ।

८० वर्षीया महिला “अप्रत्याशित” घटनाको क्रममा घाइते भइन् र दक्षिण अफ्रिकाको अस्पतालमा लगिएको थियो जहाँ पछि उनको मृत्यु भयो। घटनापछि अन्य चार जनाको सामान्य चोटपटकको उपचार भइरहेको प्रतिष्ठाले जनाएको छ ।

आक्रमण पछि काफु राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई तुरुन्तै सहयोग गर्न बोलाइएको थियो र एक उदग्रबिमान (हेलिकप्ट)घटनास्थलमा पठाइएको थियो।

स्थानीय प्रहरी, जाम्बियाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र अन्य अधिकारीहरू अनुसन्धानमा संलग्न रहेको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

स्थानीय जाम्बियाली अधिकारी र लुसाकास्थित अमेरिकी दूतावासको सहयोगमा वृद्धाको शव अमेरिकामा रहेको उनको परिवारलाई फिर्ता गरिनेछ, विज्ञप्तिमा भनिएको छ।

गत महिना दक्षिण अफ्रिकाको पिलानेसबर्ग राष्ट्रिय निकुञ्जमा यस्तै साँढे हात्तीको आक्रमण भएको थियो।

प्रतिक्रिया