ताइवानमा ७.४ परिमाणको भूकम्प ,मृत्यु हुनेको संख्या ९ , ८८२ जना घाइते

इनेप्लिज २०८० चैत २१ गते १०:३७ मा प्रकाशित

ताइवानको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ भने ८८२ जना घाइते भएका छन् ।

ताइवानमा बुधबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ भने ८८२ जना घाइते भएका ताइवानको नेशनल फायर एजेन्सी (एनएफए-राष्ट्रिय अग्नि संस्था) ले जनाएको छ ।

सिएनएनका अनुसार चारवटा सानो सार्वजनिक यात्रीयान (मिनी बस)मा सवार एक अतिथि गृह (सिल्क्स प्लेस होटल )तारोकोका ५० कर्मचारीसहित १३१ जना फसेका छन् । भूकम्पपछि ताइवानमा सयभन्दा बढी भवनमा क्षति पुगेको छ ।

ताइवानमा बुधबार २५ वर्षमा सबैभन्दा शक्तिशाली भूकम्प गएको छ । ७.४ परिमाण (म्याग्निच्युड)को भूकम्पले टापुको पूर्वी तटमा क्षति पुर्याएको छ । यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

घाइते मध्ये १ सय ३२ जना भूकम्पको केन्द्रबिन्दु नजिकैको हुआलियन काउन्टीमा रहेको संस्थाले जनाएको छ । ताइवानमा बुधबार २५ वर्ष यताकै सबैभन्दा शक्तिशाली भूकम्प गएपछि कम्तीमा चार विदेशी नागरिक फसेका छन् ।

भूकम्पको केन्द्रबिन्दु ह्वालियन काउन्टीको लोकप्रिय पर्यटकीय गन्तव्य तारोको गोर्जमा फसेका एक दर्जन व्यक्तिमध्ये दुई क्यानाडाली नागरिक छन् ।

ताइवान लगभग २३ मिलियन (२ करोड ३० लाख )मानिसहरूको एक स्वशासित लोकतान्त्रिक राज्य हो । जसमध्ये धेरै जसो राजधानी ताइपेई र शहरहरूमा बसोबास गर्छन् ।

ताइपेईमा लगभग २.५ मिलियन (२५ लाख) बासिन्दाहरू बसोबास गर्छन भने फराकिलो न्यू ताइपे शहरमा थप ४ मिलियन(४० लाख) मानिसहरू बसोबास गर्छन्। दक्षिणी बन्दरगाह सहर ओसिङमा २७ लाख मानिसहरु बसोबास गर्छन ।

प्रतिक्रिया