मगर संघ अमेरिका कोलोराडो च्याप्टरद्वारा आयोजित भलिवल प्रतियोगितमा गोर्खाली टिम बिजयी

नातिबाबु भट्ट कोलोराडो, अमेरीका २०८० चैत २१ गते ९:४२ मा प्रकाशित

२१ औं मगर संघ अमेरिकाको स्थापना दिवसको उपलक्ष्यमा मगर संघ अमेरिका, कोलोराडो च्याप्टर द्वारा आयोजित “1st MAUSA CUP पुरुष भलिवल प्रतियोगिता २०८०”  भब्यताका साथ सम्पन्न भएको छ ।

कोलोराडोको डेन्भर स्थित प्राइम भलिवल एकाडेमीमा मार्च ३१ मा सम्पन्न खेलमा गोर्खाली भलिवल टिम प्रतियोगिताको बिजेता बन्न सफल भएको हो ।

नेपाली मन, गोर्खाली, शिकारी युथ, Aurora युनाइटेड, TPLA र आयोजक टिम सहित जम्मा ६ टिम सहभागिता रहेको उक्त प्रतियोगिताको बेस्ट अफ फाइभमा खेलाइएको फाइनल खेलमा यस क्षेत्रकै चर्चित भलिवल क्लव “नेपालि मन” लाई हराउदै गोर्खालीले १ सेटको बिरुद्ध ३ सेट आफ्नो पोल्टामा पारि च्याम्पियनको ट्रफी उचाल्न सफल बन्यो ।

 “ग्रुप A” र “ग्रुप B” बिभाजन गरि लिग चरणमा खेलाईएको खेल “ग्रुप A” बाट नेपाली मन ग्रुप बिजेता र Aurora युनाइटेड ग्रुप RunnerUP,”ग्रुप B” बाट गोर्खाली ग्रुप बिजेता र TPLA ग्रुप Runner UP हुदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

दुवै टीमले सेमिफाइनलमा आफ्नो प्रतिद्वन्दी टिमलाई सोझो सेटमा पराजित गरि फाइनलमा प्रवेश गरेको थियो ।

यस प्रतियोगिताको बेस्ट प्लेयर गोर्खालीका ओम प्रकाश मल्लले पाए भने बेस्ट सेटर नेपाली मनका गौ प्रसाद गुरुङले पाउन सफल भए ।

 मगर संघ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष श्री कृष्ण थापा मगरको अध्यक्षतामा खेल उद्घाटन तथा समापन कार्यक्रम सम्पन्न भएको थियो ।

 कार्यक्रममा प्रमुख अतिथी मगर संघ अमेरिका केन्द्रिय समितिका सल्लाहाकार लछुमन राना मगर, अतिथीमा मगर संघ अमेरिका केन्द्रिय समितिका पश्चिम क्षेत्र उपाध्यक्ष  टेक थापा मगर र मगर संघ अमेरिका केन्द्रिय समितिका सदस्य केशब थापा मगर र संयोजक मगर संघ अमेरिका, कोलोराडो च्याप्टरका बिनोद आले मगर रहेको उपस्थिती  रहेको थियो ।  

अतिनै रोमान्चक र प्रतिस्प्रधात्मक रुपमा सम्पन्न खेलमा प्रथम हुने टिमलाई १२ सय डलर नगद, ट्रफि, मेडल र प्रमाण पत्र र उप-विजेतालाई छ सय डलर नगद , ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

 त्यस्तै बेस्ट प्लेयर र बेस्ट सेटरलाई हौसला स्वरुप ट्रफि र प्रमाणपत्रले पुरष्कृत गरिएको थियो ।

 यस क्षेत्रमा केहि लामो समय आयोजना नगरिएको भलिवल प्रतियोगिता मगर संघ अमेरिका, कोलोराडो च्याप्टरले त्यसको आइस ब्रेक गर्न सफल भएकोमा भलिवल खेल प्रेमीहरु उत्साहित भएको टेक बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया