डिसी क्षेत्रको डलस विमानस्थलको नाम डोनाल्ड ट्रम्प बिमानस्थल राख्न रिपब्लिकन सांसदद्वारा बिधेयक प्रस्ताव

इनेप्लिज २०८० चैत २१ गते ०:०० मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको डलस अन्तर्राष्ट्रिय विमानस्थलको नाम डोनाल्ड जे ट्रम्प बिमानस्थल राख्न अमेरिकी प्रतिनिधि सभाका रिपब्लिकन सांसदले बिधेयक प्रस्ताव गरेका छन् ।

विधेयकमा बिमानस्थलको नाम बदलेर “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राख्न खोजिएको एबिसीन्यूजले जनाएको छ ।

प्रस्तावित विधेयकलाई थप विचारको लागि सदन यातायात तथा पूर्वाधार समितिमा पठाइएको छ ।

डोनाल्ड जे ट्रम्प मेरो जीवनकालको सबैभन्दा उत्कृष्ट राष्ट्रपति हुन् ,स्वतन्त्रता, समृद्धि, शक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको नेतृत्वमा उभिएको थियो । त्यसैले म डलसलाई डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गर्न कानून ल्याइरहेको छु, सहायक सचेतक गाय रेसेन्थेलरले सामाजिक संजाल एक्समा भनेका छन् ।

पेन्सल्भेनियाका रिपब्लिकनले गत शुक्रबार कानून पेश गरेका थिए भने अन्य छ जना सदस्यहरूले यसलाई सह-प्रायोजन गरेका छन् ।

भर्जिनियाका धेरै प्रतिनिधि सभाका डेमोक्र्याटहरूले रिपब्लिकनहरूको प्रयासको आलोचना गरे। यता भर्जिनिया ११ का डेमोक्र्याटिक सांसद जेराल्ड एडवर्ड कोनोलीले “डोनाल्ड ट्रम्पले ९१ वटा अपराधको सामना गरिरहेका छन्। यदि रिपब्लिकनहरूले उनको नाममा केही नाम राख्न चाहन्छन् भने म उनीहरूलाई संघीय कारागार खोज्न सुझाव दिन्छु भन्दै रिपब्लिकनहरुलाई जवाफ दिएका छन् ।

प्रतिक्रिया