नेपालमा जनताहरु छैनन । दलगत कार्यकर्ताहरु मात्र छन । विनाश काले विपरीत बुद्धि 

राकेश कुमार शर्मा २०८० चैत २० गते २२:२५ मा प्रकाशित

मुलुकको जनताहरुमा चेतना नै छैन भने कसैको केही लाग्दैन । अब मुलुकमा राम राम भन्नु शिवाय केही छैन । भीर बाट खस्नेलाई राम राम भन्न सकिन्छ जोगाउन जान सकिन्न ।

मुलुकमा ६०१ सभासद, ८८४ जना सांसदहरू, प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरूको अराजकता, मनोमानी, बेथिति र अत्याचार हुँदा पनि जनताहरु मौन छन किन ?

म पनि कस्तो मुर्ख हो जनताहरुको कुरा पो गर्न गइरहेको छु । नेपालमा जनताहरु कहाँ छन ? दलगत कार्यकर्ताहरु मात्र छन । नेताहरुको भक्त कार्यकर्ताहरु मात्र छन । यसकारण दिनहुुँ मुलुकमा ६०१ सभासद, ८८४ जना सांसदहरू, प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरूले कर, भ्याट र राजस्व आदि इत्यादिको नाममा तथा पेट्रोलियम पदार्थको मुल्य वृद्धि र महँगी वृद्धि गरी लुटन सम्म लुटिरहेका छन ।

विनाश काले विपरीत बुद्धि दलगत कार्यकर्ताहरुले दुख नपाए कसले पाउँछ ? यसकारण भीरमा जानेलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न । दलगत कार्यकर्ताहरु समयमा नै सचेत हौ । सचेत नभए कसैले नपाएको दुख पाउने छौ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया