फिनल्याण्डको एक विद्यालयमा गोली चल्दा १२ वर्षीय बालकको मृत्यु , १२ वर्षीय बालकलाई बन्दुकसहित पक्राउ

इनेप्लिज २०८० चैत २० गते ११:०७ मा प्रकाशित

फिनल्याण्डको एक विद्यालयमा गोली चल्दा १२ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

एक १२ वर्षीय बालकलाई मंगलबार बन्दुकसहित पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बताएका छन्।

एबिसीन्यूजका अनुसार फिनल्याण्डको एक विद्यालयमा अर्को बच्चाले चलाएको गोलीबाट मङ्गलबार एक १२ वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीले संदिग्धलाई पक्राउ गरेको र गोली काण्डको अनुसन्धान जारी रहेको प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

हेलसिन्कीको बाहिरी भागमा रहेको भान्ताको भिएर्टोला विद्यालयमा भएको गोलीकाण्डमा संलग्न सबै बालबालिका रहेको प्रहरीले जनाएको छ ।

१२ वर्षीय संदिग्ध बालकलाई पक्राउ गर्दा उनीसँग हतियार पनि रहेको प्रहरीले जनाएको छ। घाइते अन्य दुई जनाको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया