ट्रम्पले न्यूयोर्क देवानी ठगी मुद्दामा १७५ मिलियन कबूलियत सुरक्षित गरे

इनेप्लिज २०८० चैत २० गते १:१० मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कको देवानी(सिभिल) ठगी मुद्दामा १७५ मिलियन डलरको कबूलियत सुरक्षित गरेका छन् ।

एक पुनरावेदन अदालतले गत हप्ता बन्ड(भाकापत्र)को रकम घटाएको थियो। उनले १० दिन भित्र नगद /धितो /सम्पत्ती आदीको भाकापत्र बुझाउने आश्वासन दिएका थिए ।

पूर्व राष्ट्रपतिले आफ्नो न्यूयोर्कको आपराधिक मुद्दामा आगामी अप्रिल १५ मा सुरु हुने सुनुवाईमा सहभागी हुन् सक्ने संकेत गरेको एबिसीन्यूजले जनाएको छ ।

ट्रम्प र उनका सह-प्रतिवादीहरूले उनीहरूको न्यूयोर्क देवानी ठगी मुद्दामा १७५ मिलियनको वाचापत्र (बन्ड)सुरक्षित गरेको एक अदालतमा दाखिला गरिएको कागजातमा उल्लेख गरिएको छ । ट्रम्पले नाइट स्पेशलिटी इन्स्योरेन्स कम्पनी मार्फत उक्त ऋणपत्र सुरक्षित गरेका हुन् ।

“प्रतिज्ञा अनुसार, राष्ट्रपति ट्रम्पले भाकापत्र प्रकाशित गरेका छन्,” उनका वकिल एलिना हब्बाले एक विज्ञप्तिमा भनेकी छिन । “उनी अपीलमा आफ्नो अधिकार प्रमाणित गर्न र यो अन्यायपूर्ण निर्णयलाई उल्टाउन तत्पर छन्।”

गत सोमबार न्यूयोर्कको अपील बिभागका न्यायाधीशहरूको समूहले पूर्व राष्ट्रपति, उनका वयस्क छोराहरू र ट्रम्प संगठनका दुई पूर्व कार्यकारीहरूलाई उनीहरूको देवानी ठगी मुद्दामा ४६४ मिलियनको फैसलामा १० दिनको रोक र उनीहरूलाई १७५ मिलियन डलरमा झार्दै कम गरिएको भाकापत्र जारी गर्न अनुमति दिएको थियो ।

ट्रम्पका वकिलहरूले पूर्व राष्ट्रपतिलाई ३० भन्दा बढी कबुलियत प्रतिष्ठान (बन्ड कम्पनी)हरूले अस्वीकार गरेपछि पूर्ण फैसलाको लागि भाकापत्र (बन्ड )सुरक्षित गर्न नगदको अभाव रहेको तर्क पेश गरेका थिए ।

प्रतिक्रिया