क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्न रमेश प्रसाईको स्वर र अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत व्यापक हुदै

इनेप्लिज २०८० चैत १९ गते २३:४९ मा प्रकाशित

अमेरिकामा आगामी जुन महिनामा हुने वर्ल्ड क्रिकेट खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्न रमेश प्रसाईको स्वर तथा अमेरिकामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत सार्वजनिक भए पछि चर्चा हुदै गइ रहेको छ ।

उक्त श्रब्य दृश्य गीतमा रमेश प्रसाईलाई निश्चल थापा,बिशेष्ठ राई,बिश्व लिम्बु तथा जीवन बिष्टले साथ दिएका छन् । उक्त गीत गत मार्च २५ का दिन सार्वजनिक गरिएको हो ।

यस गीतलाई साझा (शेयर )गर्न र एक पटक सुन्न गीतकार अग्नि पराजुलीले सबैलाई आग्रह गरेका छन् ।

पूर्ण गीत सुन्न यहाँ थिच्नु होला :

प्रतिक्रिया