नेकपा एमाले ओखलढुंगाले आगामी २६/२७ गते अधिवेशन गर्ने भएपछि नेताहरूमा भेटघाटको चटारो देखिन्छ

बेद प्रसाद घिमिरे २०८० चैत १९ गते २१:४७ मा प्रकाशित

नेकपा एमाले जिल्ला अधिवेशनको चटारोमा छ । यो वर्ष एमालेका लागि अधिवेशनको वर्ष जस्तै छ । प्रदेश अधिवेशनहरु सम्पन्न भइसकेका छन् भने जिल्ला अधिवेशनहरू धमाधम भइरहेका छन् l यसैगरी ओखलढुङ्गा एमाले पनि अधिवेशनको तयारिमा जुटेको छ। जिल्लाका नेताहरू ग्रास लेभलका कार्यकर्ता देखि केन्द्रीय स्तरका नेता सम्म भेटघाटमा व्यस्तहुँदै आगामी २६ र २७ गते हुने अधिवेशनको तयारीमा जुटेका छन्।

जिल्लाका अधिकांश कार्यकर्तादेखि जिल्लास्तरीय नेताहरू सर्वसहमत नेतृत्वको चयन गर्ने पक्षमा छन् भने केही नेताहरु लोकतान्त्रिक प्रणालीको निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने तर्क राख्दैआयकाछन । केन्द्रको नीति सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नु नै पार्टीमा गुट उपगुट नरहनु हो भन्ने बुझिन्छ धेरैजसो नेता कार्यकर्ताहरू सर्वसहमत नेतृत्व चयनमै जोड दिइरहेका छन्।

जिल्लास्तरीय नेताहरूको आन्तरिक छलफलमा नेतृत्वको दाबी गर्ने धेरै नेता देखिए पनि सकेसम्म सर्वसहमत नेतृत्वको चयन गर्ने पक्षमा योग्य नेतृत्वको खोजी भइरहेको एमालेका नेताले जानकारी दिएका छन्।पार्टीलाई अग्रगामी रुपान्तरणको नेतृत्वदायी तथा निर्णायक शक्तिका रुपमा स्थापित गर्न वैचारिक रुपमा अझ स्पष्ट, संगठनात्मक रुपमा थप व्यवस्थित र सुदृढ, भावनात्मक रुपमा अझ आत्मीय तथा अनुशासित पार्टीका रुपमा स्थापित गर्दै सांगठनिक सुदृढीकरण गर्दै बलियो राष्ट्रिय शक्ति बनाउने योजनाको निरन्तरताका रुपमा केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड्न सक्ने नेताका रूपमा हालका अध्यक्ष शंकर कटवाल लाई अधिकांश नेता तथा कार्यकर्ताले लिने गरेका छन् एक नेताले भने सर्वसहमत नेतृत्व चयन हुँदा हालक अध्यक्ष शंकर कटवाल नै सर्वसहमत अध्यक्षमा चयन भए पार्टी कार्यकर्तालाई थप संगठित र सशक्तबनाएर अघिबढ्ने ती नेताले जान्कारी दिय ।

एमाले पार्टीमा जीवनको थुप्रै आरोह अवरोह व्यहोरेका नेता शंकर कट्वाल संग बिभिन्न घटनाक्रमा नडगमगाइकन उभिने नेता कार्यकर्ता तथा समर्थकको ठूलो पंक्ति कट्वलका पक्षमा छन् पार्टी लाई संकटको वेलामा सतीसाल झैं उभिने नेता कट्वल कार्यकर्ता समर्थकको जागरणलाई कायम राख्न लागि पर्ने नेताका रुपमा चिनिन्छन । जस्तोसुकै आँधीहुरीले पनि निभाउन नसकेको दियो र ढाल्न नसकेको निष्ठालाई जोगाउन लागिपर्ने नेता कटवाल । विभिन्न पार्टीबाट प्रवेश तथा समायोजन भएका समर्थक कार्यकर्ताको क्षमता तथा सक्रियताका आधारमा कामको जिम्मेवारी प्रदान गर्नु सक्ने क्षमता भएका नेतामा पर्छन । विभिन्न समूह, उपसमूहमा विभक्त भएर हैन, सबै एकाकार भएर मूल समस्याका विरुद्ध जुट्ने शक्तिका रुपमा पाटीलाई अगाडि बढाउन कट्वाल जति छेमता भयको ओखलढुङ्गा एमालेमा अरु नेता नभएको धेरै नेता कार्यकर्ताको ठम्याइ छ। त्यसैले नेता कार्यकर्ताको माझमा राम्रो लोकप्रियता कमाएका कटवाल यसपालिको अधिवेशनमा सर्वसहमतको नेतृत्व चयन भएमा कटवालको सम्भावना धेरै रहेको नेता कार्यकर्ताको भनाइ छ।

जिल्ला नेतृत्वलिन अरु नेताहरू पनि आफूलाई योग्य बनाउन गाउँ कमिटीदेखि केन्द्रसम्म भेटघाट तीव्र रुपले बढाइरहेका बुझिन्छ ।

प्रतिक्रिया