ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिकामा अनौठो गुफा फेला परेको छ

बेद प्रसाद घिमिरे २०८० चैत १८ गते २:३७ मा प्रकाशित

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका वडा ९ पात्लेको दोराखर्कको लाङमार्वा भीरमा अनौठो गुफा भेटिएको छ । उक्त भीरमा ६० मिटर लामो गुफा भेटिएको वडाध्यक्ष ङ्वाङफुरी शेर्पाले जानकारी दिनुभयो । ‘हामीले धेरै पहिला भीरबाट धुँवा निस्केको देख्थ्यौँ,’ वडाध्यक्ष शेर्पाले भन्नुभयो, ‘माने सफा गर्ने टीमको अनुभव भएकाले भीर उक्लिएर जाउँ न त भनेर हेर्दा गुफा फेला परेको शेर्पाले बताउनु भयो।

गुफाको साँघुरो मुखबाट भित्र छिरेपछि २० फिटजति तल झरेर तेर्सो जान सकिने शेर्पाको भनाई छ । गुफाभित्र भने पर्याप्त ठाउँ रहेको छ भने गुफाभित्र अनौठा-अनौठा आकृतिहरु रहेका छन ।

गुफा भेटिएसँगै गुफासम्म जाने गोरेटो बाटो निर्माणको काम गाउले हरुले मिलेर गरियको छ । आज गुफा अवलोकनका लागि लामा गुरुबाट पुजागरि केही सर्वसाधारणले अबलोकन गरेका छन थप सुरक्षाको मापदण्ड पूरा भएपछि मात्रै सर्वसाधारणलाई गुफा प्रवेश गर्न दिने तयारी वडा कार्यालयको रहेको छ । यस गुफा भेटिदेखि स्थानीयहरू गुफा हेर्न आउनेहरूको घुइँचो लागेको छ भने गुफा भित्र विभिन्न देवीदेवताको स्वरूप जस्तो देखिने मूर्तिहरू रहेछन् यस गुफालाई संरक्षण गरी सर्वसाधारण देखि पर्यटकसम्मलाई सहज हिसाबले अवलोकन गर्ने वातावरण मिलाउन सकेमा धार्मिक पर्यटकहरूको बाक्लो उपस्थिति रहने देखिन्छ।

प्रतिक्रिया