राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम पुगेर उम्मेदवार घोषणा गरेका छन्

बेद प्रसाद घिमिरे २०८० चैत १७ गते १४:२७ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न इलाम २ को उपनिर्वाचनका लागि औपचारिकरुपमा उम्मेदवार घोषणा गरेको छ । इलाममा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले उम्मेदवार सार्वजनिक गरेको हो ।

उपप्रधानमन्त्री तथा पार्टी सभापति रवि लामिछानेले शनिबार इलाममा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उम्मेदवार मिलन लिम्बूलाई चुनाव चिह्न घण्टी हस्तान्तरण गरे । सो क्रममा युवा तथा खेलकुदमन्त्री तथा पार्टी नेता विराजभक्त श्रेष्ठ पनि उपस्थित थिए ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि रिक्त भएको सो क्षेत्रमा आगामी १५ वैशाखमा उपचुनाव हुँदैछ । त्यसका लागि यही २२ चैतमा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

एमालेले पनि सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएर मैदानमा उतारिसकेको छ । यस्तै नेकपा एसले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ ।

पहिचान पक्षधर दलहरूले पनि आफ्ना उम्मेदवार उठाएका छन् भने राप्रपा र जनमतले पनि उम्मेदवार तय गरिसकेको छ ।

प्रतिक्रिया