मेडिकल व्यवसायी दुर्गा प्रसाईको पक्षमा सर्वोच्च अदालतले आदेश जारी गरेको छ

बेद प्रसाद घिमिरे २०८० चैत १२ गते १५:५७ मा प्रकाशित

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा रिट जारी गरेको छ ।सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडार र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो ।

मेडिकल व्यवसायी प्रसाईंले मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासले सो रिट जारी गरेको हो । सोमबार रिट जारी भए पनि संक्षिप्त आदेश आएको छैन ।

प्रतिक्रिया