गृहमन्त्री रवि लामिछाने नेपाली कांग्रेसलाई काठमाडौँ क्षेत्र नम्बर ४ मै गएर भने पनि उत्तर दिन तयार

बेद प्रसाद घिमिरे २०८० चैत १० गते १४:५८ मा प्रकाशित

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई जवाफ दिन आफू तयार रहेको बताएका छन् । सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा माग्दै संसद अवरुद्ध गरर्दै आएको छ ।

उनले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा त्यसबारे कांग्रेसलाई जवाफ दिन तयार रहेको बताएका हुन् ।

गृहमन्त्री लामिछानेले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्नु भयो। म आफैं संसदमै जवाफ दिन तयार छु। तर, कांग्रेस राजीनामा र संसदीय समिति भनिरहेको छ। सदनमा जवाफ दिन नपाए खुला ठाउँमा दिन तयार छु।

जवाफ काठमाडौं क्षेत्र नम्बर–४ मा दिन पाए झनै राम्रो। कांग्रेस, जवाफ दिन म कहाँ आउँ ?’

साथै उनले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राईलाई पनि जसरी हुन्छ पक्राउ गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘आकाशमा होस्, पातलमा होस्, जीवी राईलाई समातिन्छ।

पीडितको बचत ब्याजसहित फिर्ता गराउँछौं। पीडितको बहानामा व्यक्तिको चरित्र हत्या र राजनीति गर्नेसँग मेरो संवाद हुन्न। तर, वास्तविक पीडितको पक्षमा काम गर्छौँ ।

प्रतिक्रिया