म एकल यात्री

सुनीता प्रसाई २०८० चैत १० गते ९:५८ मा प्रकाशित

न आऊ मेरो समिपमा

म एकल यात्री
न आऊ मेरो समिपमा
तिमीलाई फेरी घात होला।
म कपटी छैन,
त्यो दिलको मलाई पाप लाग्ला।
लाग्छ मलाई म संग रमाउनु,
छुट्टै आनन्द छ।
म आगो हुँ
तिमीलाई पोल्छकी भन्ने डर लाग्छ।
म स्वभिमानी छु,
तिमी संग झुकिरहन पनि त सक्दिनँ।
अलि अलि स्वार्थी पनि बन्दै छु,
म पनि अपबादमा पर्न सक्दिनँ।
फूललाई माया गर्ने ले,
काडा सहने हिम्मत राख्नु पर्छ।
कोपिलामै चुडेर लग्यौ भने,
तिमीलाई पाप लाग्न सक्छ।
म कहिले मरुभूमि बन्छु,
तिमी ले श्रावण ल्याउनु पर्छ।
कहिले म शिसिर हुन्छु,
तिमी ले बसन्त ल्याउनु पर्छ।
कहिले औंसीको रात हुन्छु,
तिमी ले पुर्णिमा ल्याउनु पर्छ।
तिमीलाई शर्त कडा लागे
तिमी आफ्नो होइनौ भने
मेरो महसुस बुझ्दैनौ भने,
ठिकै छ म आगो 🔥 हुँ ,
तिमी झोसिन न आए हुन्छ।
साच्चै आउछौ भने आऊ,
तर त्यो दिलको यो दिलमा बफादार हुनुपर्छ।
जलेको मुटुमा सितलता दिने पवन बन्नु पर्छ।
जरुरत त सबै ले पूरा गर्छन्,
म तिम्रो हरपल कमी बन्नु पर्छ।

सुनीता

सुनीता प्रसाई

साहित्यकार /लेखिका

प्रतिक्रिया