पूर्व सभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा

बेद प्रसाद घिमिरे २०८० चैत ९ गते १०:३६ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन ।

इलेक्ट्रिक चुरोट (भेप) मार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिर जमानीमा छाड्ने सहमति दिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता एवं न्यायाधिवक्ता सिताराम अर्यालयले जानकारी दिनुभयो ।

प्रवक्ता अर्यालका अनुसार महराको वयान कार्य सम्पन्न भइसकेको र उनको उमेर तथा शाररिक अवस्थाले समेत भाग्ने सम्भावना नभएकोले निजलाई हाजिरी जमानीमा छाड्न अनुसन्धान अधिकारीले गरेको अनुरोधलाई जिल्ला सरकारी वकिलको कार्यालयले सहमति दिएको हो ।

महरा विभिन्न रोगका कारणले हिरासतको अबधीमा पनि अस्पतालमा उपचाररत रहेको, शाररिक अवस्था कमजोर देखिएको, निज महरा बृद्ध नागरिक रहेको र बयान कार्य समेत सम्पन्न भएको हुँदा उनलाई हिरासतमा राखिराख्न आवश्यक र उपयुक्त नदेखिएको हुँदा पछि आवश्यक परेको बखतमा उपस्थित गराउने कुराको सुनिश्चितता गरी मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा १(२) बमोजिम छोरा निर्मल महराको जिम्मामा छाड्न सहमति दिएको प्रवक्ता अर्यालले बताउनुभयो ।।

प्रतिक्रिया