गृहमन्त्रीको बारेमा प्रधानमन्त्रीले दिनुभएको जवाफ चित्त बुझ्दो छैन रामहरी खतिवडा

बेद प्रसाद घिमिरे २०८० चैत ६ गते १४:२० मा प्रकाशित

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरागर्दै सांसद खतिवडाले गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुभएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताए । उनले कांग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगमी बैठक चल्न नदिने चेतावनी दिए ।

‘प्रधानमन्त्रीको जवाफ चित्त बुझेन । त्यसैले हामीले भन्यौँ, उहाँले गृहमन्त्री निष्पक्ष, इमान्दार हुनुहुन्छ । पोखरामा पीडितले दिएको निवेदन पनि अनुहार त्यस्तै मिलेको, दाह्री पनि भएको रवि लामिछाने हो कि गृहमन्त्री फाल्टै अर्को हो भनेर पीडितले सोधेका छन् । त्यही जस्तो लाग्छ, उहाँ चाहिँ दोषी होइन कि भनेर जवाफ दिनुभयो । हामीलाई चित्त बुझेको छैन, हामीले संसदीय समिति गठन गर्न माग गरेका छौँ । त्यो माग पूरा नगरे भोलिदेखि संसद् चल्दैन

प्रतिक्रिया