अनुशाले खोलिन भर्जिनियामा अत्याधुनिक ब्यूटी स्पा

इनेप्लिज २०८० चैत ५ गते २२:१३ मा प्रकाशित

गत शनिवार भर्जिनियाको हेरिसनबर्गमा मन्त्र ब्यूटी स्पा नामक अत्याधुनिक ब्यूटी सलुनको भब्य रुपमा समुद्घाटन गरिएको छ। उक्त कार्यक्रम सयौ स्थानीयहरुको उपस्थितिका बीच संचालिका अनुशा भण्डारी खत्री र उनका श्रीमान मनोज खत्रीले संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका थिए ।

नेपालको म्याग्दीमा जन्मिएकी अनुशा नेपालमा रहदा एयर होस्टेज पेशामा आबद्ध थिइन र २०११ को मिस एयर होस्टेज बिजेता हुन। बिगत लामो समय देखी भर्जानियाको हेरिसनबर्गमा ब्यूटी सम्बन्धी कार्य गर्दै आउनु भएकी अनुशाले आफ्नै नव निर्मित भवनमा मन्त्र ब्यूटी स्पा संचालनमा ल्याएकी हुन जस्मा आठ वटा छुट्टा छुट्टै कोठामा ग्राहकहरुले एकै पटक ब्यूटी सम्बन्धी सेवा लिन सक्नु हुनेछ ।

उक्त स्पामा वेटिइ रुम, पार्टी रुम लगायत प्रसस्त ठाउ समेत रहेको छ जहाँ बिभिन्न ब्राइडल पार्टी, फेसियल पार्टी, नेल पार्टी गर्न सकिने संचालिका अनुशाले बताइन र आफुले अमेरिकामै अत्याधुनिक सुबिधा सम्पन्न प्रबिधि सहित उच्च कोटीको ब्यूटी सामाग्रीद्वारा सेवा प्रदान गरिने छ।

हाल दश जना स्थानिय र नेपाली कर्मचारी रहेको स्पामा अझै थप कर्मचारीलाइ समेत रोजगार दिन सकिने संचालिका अनुशाले इनेपलिजलाई बताइन। इनेपलिज परिवार उक्त नेपाली समुदायले संचालनमा ल्याएको नयाँ ब्यबसायको उत्तर उत्तर प्रगतिको कामना गर्दछ।

प्रतिक्रिया