बाइडेन र नेतान्याहु बीच रफाहको अवस्था र गाजा सहायताबारे  छलफल  

इनेप्लिज २०८० चैत ५ गते १६:५५ मा प्रकाशित

ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेन र उनका इजरायली समकक्षी बेन्जामिव नेतान्याहू बीच  सोमबार बिहान कुराकानी भएको बताएको छ।

दूरवार्तामा गाजाको पछिल्लो घटनाक्रमबारे छलफल गरेको ह्वाइट हाउसले जनाएको छ।

“राष्ट्रपति बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग इजरायल र गाजाको पछिल्लो घटनाक्रम र रफाहको अवस्था र गाजामा मानवीय सहायता बढाउने प्रयासहरूबारे छलफल गर्न कुरा गरे,” ह्वाइट हाउसले कुराकानी  भएपछि छोटो विज्ञप्तिमा जानकारी गराएको छ ।

उनीहरुको कुराकानीको पूर्ण पाठ पछि आउने ह्वाइट हाउसले बताएको सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया