फ्लोरिडाको ज्याक्सनभिल समुन्द्रतटमा गोली चल्दा १ जनाको मृत्यु, २ जना घाइते

इनेप्लिज २०८० चैत ५ गते १०:३५ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिल समुन्द्रतट(विच)मा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

प्रहरीले संदिग्धहरुको खोजी गरिरहेको एबिसीन्यूजले जनाएको छ ।

आइतबार राति फ्लोरिडाको ज्याक्सनभिल समुद्रतटमा सक्रिय गोलाबारीपछि एक जनाको मृत्यु भएको हो भने अन्य दुई जना स्थिर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रको मुख्यबजार जिल्ला मधुशाला (डाउनटाउन डिस्ट्रिक्ट/बार) क्षेत्र र ज्याक्सनभिल समुन्द्रतटमा गोलाबारी विस्तार भएपछि अर्को सूचना नभएसम्म बन्द रहने प्रहरी अधिकारी टोन्या टाटरले आइतवार राति पत्रकार सम्मेलनमा बताइन ।

प्रहरी अधिकारीहरूका अनुसार अझै संदिग्धहरूको खोजी गरिरहेका छन । कसैलाई यस बिषयमा जानकारी भएमा ज्याक्सनभिल बीच(समुद्रतट) प्रहरी विभागलाई खबर गर्न समेत आग्रह गरेकी छिन ।

यसअघि प्रहरीले सर्वसाधारणलाई यथास्थानमा बस्न आग्रह गरेको थियो ।

प्रतिक्रिया