कपनबाट निस्केकी १९ वर्षीया सुस्मिता थापाको शव पशुपतिको जंगलमा झुण्डिएको अवस्थामा भेटियो (भिडियो सहित)

इनेप्लिज २०८० चैत ३ गते १३:३६ मा प्रकाशित

काठमाडौंको पशुपतिनजिक जंगलमा एक किशोरीको शव भेटिएको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले नेपालप्रेसलाई बताए ।

उनले भने, `आज बिहान मर्निङवाक गर्न जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव रुखमा झुण्डिएकाे अवस्थामा फेला परेकाे थियाे ।’

थेवेका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेकाे हुनसक्ने देखिएकाे छ । थप अनुसन्धान भइरहेकाे उनले बताए ।

सुस्मिता केही दिनदेखि हराइरहेकी थिइन् । सिन्धुली घर भएकी उनी बालुवाखानी, कपनमा बस्ने गर्थिन्। उनी केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् । आफन्तले उनी हराएकाे भन्दै खाेजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका थिए ।

https://www.youtube.com/watch?v=YrNOJhT7_7Q

प्रतिक्रिया