चलचित्र ‘काँडेतार’का विषयमा नेपाल चलचित्र कलाकार संघको ध्यानाकर्षण

इनेप्लिज २०८० चैत १ गते १०:२६ मा प्रकाशित

कलाकार, निर्देशक निर्माता एवं नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका पूर्व
अध्यक्ष नवल खड्कालाई उनले निर्माण÷निर्देशन गरेको चलचित्र काँडेतार का विषयमा धम्कीपूर्ण अभिव्यक्ति
आएको प्रति नेपाल चलचित्र कलाकार संघ खेद व्यक्त गर्दछ ।

चलचित्र निर्माण जस्तो कला, संस्कृति, साहित्यलाई उजागर गरी समाज रुपान्तरण, सामाजिक सन्देश प्रवाहित
गर्ने क्षेत्रमा यस किसिमको निरुत्साहित पार्ने एवं राष्ट्र, राष्ट्रियता का विषयमा केन्द्रित रहेर निर्माण गरिएको
काँडेतार र यसका निर्माता÷निर्देशक नवल खड्कालाई कुनै पनि क्षेत्रबाट यस किसिमको भौतिक रुपमा आक्रमण
हुनसक्ने भनि आएको तुच्छ अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यसरी चलचित्रले बोक्ने कला, साहित्य,
संस्कृतिका क्षेत्रमा निरुत्साहित पार्ने कुनै पनि दुखद अभिव्यक्तिप्रति सम्बन्धित निकायलाई पनि ध्यानाकर्षण
गराउन चाहन्छौं ।

चलचित्र आफैमा सामाजिक रुपान्तरण गर्ने माध्यम हो । मूलतः चलचित्र राष्ट्र र राष्ट्रियतामा केन्द्रित छ र यसले
आम नागरिकलाई राष्ट्रियता प्रति सजग गराउने एवं झकझकाउने काम गरेको छ न कि यसले कसैलाई भड्काउने,
सामाजिक सद्भाव विगार्ने, जातिय द्वेश फैलाउने, आन्तरिक अन्तरदेशीय सम्बन्धलाई भड्काउने जस्ता काम
कदापी गरेको छैन । अमुक व्यक्तिबाट खुल्ला चुनौती दिदै धम्कीपूर्ण अभिव्यक्ति दिनु, अमुक समूहबाट सामाजिक
संजालमा खुल्ला चुनौती दिनु निन्दनिय रहेको हामीले ठहर गरेका छौ । यस किसिमको गतिविधि, प्रवृति कोहि
कसैबाट नहोस् र सामाजिक सन्देशयूक्त चलचित्र निर्माणमा अवरोध कुनै पनि हालतमा नहोस् एवं आगामी दिनमा
पनि चलचित्र निर्वाध रुपमा चल्ने वातावरण होस् भन्दै निन्दनिय कार्यको पुनः भत्र्सना गर्दछौ । धन्यवाद ।

मोहन निरौला
अध्यक्ष
नेपाल चलचित्र कलकार संघ

प्रतिक्रिया