आफ्ना मन्त्रीहरूले काम गर्न नसकेको दिन सरकारबाट आफै बाहिरिने डा वाग्ले

बेद प्रसाद घिमिरे २०८० फागुन ३० गते १०:३१ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आफ्ना मन्त्रीहरुले काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिने बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपाध्यक्ष वाग्लेले राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भएकाले आफूहरु सरकारमा सहभागी बनेको जानकारी दिनुभयो । उहाँले फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी व्यक्तिले चासो राख्नु स्वाभाविक भए पनि आन्तरिक पार्टी मेकानिजममा नबोल्न चेतावनी दिनुभयो ।

उहाँले प्रधानमन्त्रीको समर्थनमा रास्वापको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसप्रति लक्षित गर्दै गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गर्नुभयो ।

उपाध्यक्ष वाग्लेले कांग्रेसले रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको बताउनुभयो । उहाँले कांग्रेसलक्षित गर्नुहुँदै उहाँले च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिन्छन् कि भन्ने डरले हिँडिरहनुपरेको बताउनुभयो ।

प्रतिक्रिया