अल्पाईन स्पोर्टसले नेपाली खानालाई प्रबर्धन गर्न अमेरिकाको आलास्कामा महोत्सव गर्ने र विश्वकिर्तीमान राख्ने

इनेप्लिज २०८० फागुन २६ गते ३:११ मा प्रकाशित

न्यूयोर्क :- अमेरिकाको न्यूयोर्क राज्यमा दर्ता भएको अल्पाईन स्पोर्टस एसोसियसनको प्रतिनिधित्व गर्दै कराते खेलाडी उज्वल सिंह ठकुरीले उत्तर अमेरिकाको सबैभन्दा ठुलो हिमाल डेनाली रहेको आलास्कामा नयाँ बिश्व किर्तिमान राख्ने घोषणा गर्नुभएको छ । ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ मा नौ पटक नाम लेखाउन सफल गोजुरीयो करातेका ६ डन उपाधि प्राप्त ठकुरीले यो बर्ष नेपालको खाना पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले विश्वकीर्तिमान राख्न लाग्नुभएको बताउनुभएको हो । अल्पाइन स्पोर्टससंगको सहकार्यमा ठकुरीले यसअघि सन् मे २६, २०२१ मा इरानी नागरिकले राखेको विश्वकीर्तिमानलाई चुर्नौती दिदैं अन्तराष्ट्रिय सगरमाथा दिवस मे २९ तारिखमा आलास्कामा नयाँ कीर्तिमान राख्ने घोषणा गर्नुभएको हो । फूड गुरु सुरेश बस्नेत र कुलनरी आर्टिस्ट राम थापाले बनाएको दात, भात, ढेडो, गुन्दुकलगात सात नेपाली परिकार खाएर ठकुरीले कीर्तिमान राख्ने जनाउनसुभएको छ । “ अबको यो मेरो अभियान ब्यक्तिगत कीर्तिमानीसंग मात्र जोडिएको छैन । नेपाली खानाको महत्वलाई संसारलाई चिनाएर खाना पर्यटन प्रबद्र्धनसंग पनि जोडिएको छ, ठकुरीले भन्नुभयो ।

” छिमेकी देश भारतीको खाना अमेरिका, यूरोप, अफ्रिकालगायत देशमा प्रख्यात भइरहेको अबस्थामा आफूले पनि बिश्वका सात महादेशका सात उच्च शिखरको आधार शिविर नजिकमा नेपाली खानालाई पुर्याएर थप तीन वटा विश्वकीर्तिमान राख्ने जगनाउनुभयो । पहिलो पटक सगरमाथा आरोहण गर्नुभएका विश्वकीर्तिमानी हाम्रा आरोही तेञ्जिङ नोर्गे शेर्पाको सम्झनामा मे २९ तारिखमा अमेरिकाको डेनालीमा उहाँको तस्वीर, नेपाली खानासहित महोत्सवको रुपमा आफूले दशौ कीर्तिमान राख्न लागेको ठकुरीले जनाउनुभयो । यो अभियानामा सात पटक सगरमाथा आरोहण गरिसक्नुभएका प्रख्यात आरोही मिङमार शेर्पा, पर्यटन पत्रकार तथा अल्पाइन स्पोर्टसका महासचिव सन्जोग आचार्यको पनि सहभागिता रहने ठकुरीले भन्नुभयो । सात वटा नेपाली खानालाई अन्तराष्ट्रियस्तरमा प्रचार गरी नेपाली खानाको प्रबद्र्धन गर्ने उदेश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको अल्पाईन स्पोर्टस एसोसियसनका सदस्य एवं कार्यक्रम संयोजक फूड गुरु सुरेशचन्द्र बस्नेतले बताउनुभयो । भारतीय खाना बिश्वमा प्रख्यात भइरहेको अबस्थामा आफूहरुले पनि विभिन्न नेपाली खेलाडीको सहयोगमा बिश्वका सात महादेशमा सात बिश्व कीर्तिमान राख्ने योजनासहित यो अभियानको थालनी उत्तर अमेरिकाको सर्वोच्च शिखर रहेको आलास्काबाट सुरु गरिने बस्नेतले भन्नुभयो ।

प्रतिक्रिया