नेपाली काँग्रेस ओखलढुंगाका नेता प्रकाश कार्कीको डेङगुबाट निधन

बेद प्रसाद घिमिरे २०८० फागुन २१ गते १:५० मा प्रकाशित

नेपाली काँग्रेस ओखलढुंगाका नेता प्रकाश कार्कीको डेङगुबाट निधन भएको छ । चिसंखुगढी गाउँपालिका वडा नं ५ निवासी कार्कीको उपचारको क्रममा सामुदायिक अस्पताल मिसन सोब्रुमा निधन भएको हो । ज्वरो रुघाखोकीबाट ग्रस्त भएका कार्की घरमै आराम गरेर बस्नु भएको थियो । उपचारको लागि शनिबार बेलुका अस्पताल पु¥याईएका कार्कीको आइतबार बिहान करिब १० बजेको समयमा निधन भएको परिवार श्रोतले जानकारी दिइएको छ । अस्पतालले डेङगु पोजेटिभ भएको पुष्टी गरेको छ । कार्कीको पार्थीव शरिरलाइ आजै बुवा–आमा भएको ठाउँ उदयपुरको घाइघाट लगिएको छ । कार्कीको पार्थीव शरिरमा नेपाली कांग्रेसका सभापति तेजेन्द्र खनालले पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धान्जली अर्पण गर्नुभएको थियो । त्यस्तै जिल्ला समन्वय समिति ओखलढुगाकी उपप्रमुख तारादेवी कार्की पार्टी कोषाध्यक्ष बिनोद कुमार ताम्रकार, भूमीआयोगका अध्यक्ष पुरुषोत्तम लुईटेल, पार्टी प्रवक्ता प्रदिप बाँनिया, चिसंखुगढी गाउँपालिका सभापति गोपालमान थापा लगायतका नेताहरुको उपस्थितिमा श्रदान्जली अर्पण गरेका छन् । २०२८ सालमा जन्मनु भएका कार्की ५२ वर्षको अल्पायुमै देहत्याग गर्नु भएको छ ।

विद्यार्थी जीवनदेखी नै राजनितिमा लागेका कार्की पूर्व सांसद बालाराज कार्कीका भाईका छोरा हुन् । विद्यार्थी राजनितिबाट राजनितिमा होमिएका कार्की तरुणदल हुँदै जिल्ला कार्यसमिति सदस्य बन्नु भएको थियो । अहिले कोशी प्रदेश अधिबेशन प्रतिनिधी हुनुहुन्थ्यो । गणतन्त्र प्राप्ती पश्चात भएको पहिलो स्थानिय तहको निर्वाचन २०७४ मा चिसंखुगढी गाउँपालिका वडा नं ५मा निर्वाचित हुनु भएको थियो । सालीन भद्र थोरै बोल्ने समाजमा भिजेको नेताको रुपमा परिचत हुनुहुथ्यो । राजनितिक व्यस्तता र समाजकै काममा व्यस्त भएकाले बिहे पनि गर्नु भएको थिएन । उहाँ, परिवारको ज्येष्ट सुपुत्रको रुपमा जन्मनु भएका कार्कीका दुइजना भाईहरु हुनुहुन्छ । बृद्धअवस्थाका बुवा–आमा समेत हुनुहुन्छ । कार्कीको निधनले नेपाली कांग्रेस ओखलढुंगालाई अपुरणीय क्षती भएको सभापति तेजेन्द्र खनालले बताउनु भयो । कार्कीको निधन प्रति गहिरो दुख व्यक्त गर्दै पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिकाको व्यवस्था गर्ने नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया