प्रचण्ड र ओलीबीच सहकार्यको सम्भावना छ, म वाम शक्ति एक होस भन्ने चाहन्छु : रेनु दाहाल (भिडिओसहित)

इनेप्लिज २०८० फागुन १८ गते २२:५१ मा प्रकाशित

काठमाडौं, १८ फागुन । भरतपुर महानगरकी मेयर रेनु दाहालले नेपालमा वाम शक्तिहरु ढिलो चाँडो एक हुने दाबी गरेकी छिन् । उनले एमाले र माओवादीबीच सहकार्यको सम्भावना पनि रहेको सुनाईन् । प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा मेयर दाहालले यस्तो बताएकी हुन् ।

पत्रकार धमलाले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहकार्यको सम्भावना कति छ ? भनेर सोधेको प्रश्नमा दाहालले भनिन् भोलिको दिनमा त्यो त सम्भावना त छ नि, जे होस यो देशमा वाम शक्तिहरु ढिलो चाँडो एक ठाउँमा हुनैपर्छ भन्ने हो । यद्धपी उनले अहिले नै त्यो बेला भैसकेको वा आईहालेको भन्ने नभएको स्पष्ट पारिन् ।

प्रतिक्रिया