उत्तर अमेरिकी राष्ट्रिय संस्था ए.एन.ए. को आयोजनामा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै

इनेप्लिज २०८० फागुन १७ गते २३:२४ मा प्रकाशित

वासिंटन डि.सी./ उत्तर अमेरिकी नेपालीहरुको प्रथम राष्ट्रिय एवं नितान्त सामाजिक छाता संस्था एसोसिएसन अफ नेपालिज इन द अमेरिकाज (एएनए ) को वृहत आयोजनामा आगामी मार्च ८, २०२४ मा भर्चुअल प्रविधिको माध्यमबाट अन्तराष्ट्रिय नारी दिवस मनाइने भएको छ।

संस्थाका अध्यक्ष खगेन्द्र अधिकारीबाट आज प्रकाशित सार्वजनिक विज्ञप्ति अनुसार ए.एन. ए. को संस्थागत निर्णयबाट गत बर्षको नारा “लैंगिक समानताका लागि नवप्रवर्तन र प्रविधि” भनिए झैं यो बर्ष पनि यो दिवस नयाँ सोच र रचनात्मक नारा सहित बिश्व समुदायका सबैलाई उपलब्धिमूलक हुँने गरी शुक्रवार, मार्च ८ का दिन साँझ भव्य तथा सभ्य रुपमा हुने भएको छ ।

स्मरण रहोस्, संयुक्त राष्ट्रसंघको मूल नारा “Invest in Women Accelerate Progress” अर्थात् महिलामा लगानी गरौं प्रगतिलाई गति दिऔं” भन्ने नारा सहित विविध बिषयहरुमा मनाइदै आएको अन्तर्राष्ट्रिय नारी दिवस आँफैमा धेरै नै महत्वपूर्ण र विशिष्ट मानिएको छ। गत बर्षहरु देखी नै महिला सशक्तिकरण, क्षमता अभिबृद्धि नीतिनिर्माण र कार्यान्वयनको तहमा एएनएले महिलाहरुको बृहत्तर हक अधिकार र पहुँचबारे आम संचारको माध्यमबाट बहस पैरबीहरु गर्दै आईरहेको बिषय सम्बन्धमा हामी सबै नै जानिफकार छौं।

यो बर्ष “महिलामा लगानी गरौं प्रगतिलाई गति दिऔं” भन्ने सकारात्मक दृष्टिकोण सहितको विश्व मान्यता प्राप्त नारा सहित अन्तरराष्ट्रिय महिला दिवस आगामी मार्चमा ८ मा विश्वभर नै मनाइन्छ।

महिलामा लगानी गरौं प्रगतिलाई गति दिऔं” भन्ने नारा सहित विविध बिषयहरुमा मनाइदै आएको अन्तर्राष्ट्रिय नारी दिवस आँफैमा धेरै नै महत्वपूर्ण र विशिष्ट मानिएको छ।

बिगत बर्षहरु झैं नै अन्तराष्ट्रिय नारी दिवसको शुअवसरमा संसारभर नै विभिन्न कार्यक्रमहरुद्वारा मनाइए जस्तै यस बर्ष पनि एसोसिएसन अफ नेपालिज इन द अमेरिकाज (एएनए ) ले आफ्नो तर्फबाट महिला हक-हित, अधिकार, महिला सशक्तिकरण, प्राकृतिक एवं स्वतंत्रता पूर्वकको समावेशीकरणमा सुनिश्चितता, मानसिक स्वास्थ्य सचेतता र समानता आदि इत्यादि बिषयहरु बारेका बिशेष र महत्वपूर्ण सवालहरुलाई वृहत्तर सामाजिक हित र उपलब्धिका रुपमा संबोधित गरिने भएको हुँदा यो अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम बिशेष र महत्वपूर्ण हुनेछ।

यसै सन्दर्भमा बिभिन्न क्षेत्रमा महिलाले गरेका ऐतिहासिक योगदानहरुको कदर गर्दै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एकअर्काका विविधता सहितका बिशेष महत्वपूर्ण गुणहरूको उच्च सम्मानसाथ ए.एन.ए. ले यो कार्यक्रमको आयोजना गरेको अध्यक्ष अधिकारीले बताउनु भएको छ।

ए.एन.ए. कार्यसमिति, संरक्षक समिति र सल्लाहकार समितिका पदाधिकारीहरुका अतिरिक्त वरिष्ठ कानून बिद्, वरिष्ठ मानसिक चिकित्सक एवं वरिष्ठ प्राध्यापकहरुको संयुक्त पहलकदमीबाट सम्पन्न गर्न लागिएको यो कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमै हरेक हिसावले भव्य, सभ्य एवं उपयोगी कार्यक्रम हुनेछ भन्नेमा बिस्वस्त रहेको अध्यक्ष अधिकारीले बताउनु भयो ।

बिभिन्न क्षेत्रमा महिलाले गरेका ऐतिहासिक योगदानहरुको कदर गर्दै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एकअर्काका विविधता सहितका बिशेष महत्वपूर्ण गुणहरूको उच्च सम्मानसाथ ए.एन.ए. ले यो कार्यक्रमको आयोजना गरेको अध्यक्ष अधिकारीले बताउनु भएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसकै शुभ दिन शुक्रवार, मार्च ८ का दिन साँझमा भर्चुअल प्रविधिबाट सम्पन्न गरिने यस कार्यक्रमको शीर्षक Women Empowerment and Mental Health Awareness का साथमा ‘Inspire Inclusion’ भन्ने Theme लाई संबोधन गर्दै अगाड़ी बढ़ेर बिषय-वस्तुको गौरवपूर्ण गरिमालाई सार्वजनिक रुपमा प्रभावकारी साथै फलदायी बनाएर प्रस्तुतीकरण गर्नका लागि ईनेप्लिज डटकम लगायतका संचार माध्यमबाट प्रत्यक्ष प्रसारण समेत गरिने छ ।

अध्यक्ष अधिकारीले विश्व समुदायका सम्बन्धित सबैलाई यस बिशेष र महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रत्यक्ष प्रसारण मार्फ़तको उपयोगी कार्यक्रममा रचनात्मक र सकारात्मक सोच सहित अतिथिका रुपमा सहभागी हुँनका लागि हार्दिकता एवं विनम्रतापूर्वक अनुरोध गर्नु भएको छ ।

ईनेप्लिज परिवार यस बिशेष र महत्वपूर्ण कार्यक्रमको पूर्ण सफलताको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। यो कार्यक्रम भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न होस् “जय अन्तर्राष्ट्रिय नारी दिवस”!

अध्यक्ष खगेन्द्र अधिकारी

प्रतिक्रिया