हामी गफाडी…

नवीन रायमाझी २०८० फागुन १७ गते २२:०० मा प्रकाशित

प्रसँग नम्बर एक: केही बर्ष अघि को कुरा हो त्यसबेला पंक्तिकार मासाचुसेट को रकपोर्ट मा बस्थ्यो, बोस्टन बाट रकपोर्ट पुग्न रेलमा एक घण्टा लाग्छ र रकपोर्ट अन्तिम स्टेसन हो। एक दिन म  डेरा फर्कदै थिए रेलमा एक नेपाली (सायद भुटानी) ले मलाई हार्वर्ड अर्थात् हार्वर्ड बिश्वबिधालय मा पी एच डी गर्दै गरेको बतायो, मैले के गर्दै हो भनेर नसोधेको मा उसको कुरा सुनेर अच्चम लाग्नु स्वाभाविकै हो तर मैले केवल “राम्रो” मात्र भनेर उत्तर दिए। त्यसपछि उसले मलाई तपाईं के गर्नुहुन्छ भनेर सोध्यो, मलाई यस्तो अनाबश्यक प्रश्न र उत्तर मा रुचि नभएको कारण अलि झर्को मान्दै म त्यही बिश्वबिधालय को प्रोफेसर हुँ भने तर उसलाई मेरो उत्तर यति नराम्रो लाग्यो कि उ रिसाएर मेरो नजिक बाट टाढा बस्न गयो/ अब भन्नुस उसले हावादारी गफ दिन नहुने तर मैले दिन किन नहुने?


प्रसँग नम्बर दुइ: पंक्तिकार ले हाल घन्टे मजदुरी गर्ने एमजोन कम्पनीमा ताप्लेजुङ्ग का एक नेपाली पनि म जस्तै कुल्ली काम गर्छन/ म भन्दा दुइ हफ्ता पछि काम मा लागेका उनले मलाई सँधै सोध्ने प्रश्न, “यो भन्दा पहिले तपाईं के कम गर्नु हुन्थ्यो?” हो/ आफुले त्यस्तो उच्च स्तर को काम नगरेको र मजदुरी जता पनि उस्तै प्रकारको हुने कारण मलाई यस्तो र उस्तो काम भनेर बताउन मन लाग्दैन, सायद यो मेरो हिन भाबना पनि हो कि? हरेक भेट मा एउटै र रुचि नभएको प्रश्न ले वाक्क भएर मैले “म नासा मा बैज्ञानिक को रुपमा काम गर्थे, अमेरिकी सरकार ले मङ्गल ग्रह मा सरुवा गरेकोले त्यो काम गर्न मन नलागेर राजीनामा  दिएर आएको” भनेको उनलाई यति नराम्रो लागेछ होला हाल उनि म सँग तर्केर अर्कै बाटो लाग्छन।

प्रसँग नम्बर तिन: मेरै घर नजिक एक मान्यबर बस्छन, काठमाडौँ का बासिन्दा। काठमाडौँ कै बासिन्दा भएको कारण धेरै कुरा मा समानता हुने कारण उनलाई भेटेर मलाई खुशी लागेको थियो तर त्यो खुशी दुइ चार भेट मै पानीको फोका जसरी उड्यो। नेपाल का सबै क्षेत्रका लोकप्रिय मान्छे सँग एउटा न एउटा कथा जोडिएको उनको कुरा मा मलाई त्यति बिश्वास लागेको थिएन तर आफुलाई कुनै हानि नहुने कारण “हजुर हजुर” भनेर सुनेको जस्तो अभिनय गर्थे। आफ्ना छोरा छोरी अमेरिकी सरकार को अति गोप्य स्थान मा काम गर्ने तर त्यो ठाउँ कुन हो भन्न नमिल्ने जस्ता बेप्रसँग का कुरा गरेर ठुलो हुन  खोज्ने त्यी मान्यबर ले एक दिन आफु सँग नेपालमा २० करोड जति नगद भएको र त्यो पैसा स्विस बैंक मा कसरि राख्ने भनेर मलाई सोधे। नेपाली बैंक मा सय दुइ सय रुपिया हुने पंक्तिकार जस्तो अति सामान्य मान्छे लाई स्विस बैंक भनेको लुतो न कनाई  जस्तै हो र त्यस बिषय मा कुनै पनी जानकारी राख्नुको कुनै अर्थ रहने कुरा आएन। मैले त्यसपछि उनि सँग को भेट लाई पनी कम गर्दै लागेको छु, सायद उनले पनी बुझे होलान भेट नभएको निकै दिन भयो।


प्रसँग नम्बर चार: वालमार्टमा एक नेपाली भाषी सँग भेट भयो। झापा को भुटानी शरणार्थी क्याम्प मा जिबन बिताएर अमेरिका आएका उनले काठमाडौँ देखेको सायद अमेरिका आउने बेला मा मात्र हुनपर्छ। उनले मलाई पहिले तपाईं कुन क्याम्प को हो अर्थात् तपाईं पनी शरणार्थी नै हो भनेर सोधे। मैले आफु नेपाली भएको र मेरो घर काठमाडौँ मा भन्दा उनले मलाई “चोकै मा?” भनेर प्रश्न राखे/ अब आदरणीय पाठक बृन्द ले नै भन्नुस यो प्रश्न को जवाफ के हुन सक्छ? मलाई भने यसको के जवाफ दिने त्यो निर्णय नै गर्न सकेको छैन।

प्रसँग नम्बर पाँच: पंक्तिकार नर्थ क्यारोलिना बस्दा को कुरा हो चितवन का एक दम्पति छिमेकी थिए। डि भी चिठ्ठा परेर अमेरिका आएर अधिकाँस नेपाली जस्तै घन्टे मजदुरी गर्ने त्यो दम्पति लाई आफुहरु अमेरिका आएर अमेरिकी सरकार लाई ठुलो गुन लगाएको जस्तो भ्रम थियो। प्राय सँधै “कस्तो नरमाइलो ठाउँ” भनेर गनगन गरिरहने उनीहरु अमेरिका आएर अमेरिका को प्रति ब्यक्ति आय र जी डि पी मा कति वृद्धि भयो त्यो पंक्तिकार जस्तो अनपढ ले बुझ्न सक्ने कुरा भएन। एक दिन उनीहरुले आफ्नो दुइ बर्ष को बच्चा लाई नेपाल पठाए। नाबालक बच्चा लाई किन पठाएको भन्दा केही बर्ष नेपाल मै बसेर नेपाली भाषा र संस्कृति सिक्न नेपाल पठाएको उनीहरुको (कु) तर्क थियो। त्यसको जवाफ मा मैले सिधै भने भयो नि बच्चा को डाइपर किन्न महँगो भयो अनि पठाएको भनेर भन्दा हुन्छ भनेको उनीहरु मा सँग यति क्रुद्ध भए कि बोल्ने छोडे।

बेप्रसँग को कुरा गर्नु, आफ्नो गलत परिचय दिनु, अरुको अध्यागमन स्थिति बारे ठोकुवा गरेर बोल्नु, कसैको गोप्य कुरा को जानकारी छ भने सबैलाई भन्दै हिड्नु, अरुको श्रीमती सँग आफ्नो यौन सम्पर्क छ भनेर भन्नु, सामान्य मजदुरी गरेर कुनै हैसियत नै नभएको अब को राष्ट्रपति को चुनाब मा कसले जित्छ र उसले जिते पछि यो यो काम गर्छ भनेर बिना अर्थ को बिबाद गर्नु हामि सबै नेपाली हरुको साझा बिशेषता हो र पंक्तिकार पनी यो बिषयमा अपबाद होइन। आजको दिनमा आर्थिक रुपमा बलियो हुन सक्दा मात्र जिबन चाल्ने तिती यतार्थ भएको र आफुलाई अभियन्ता भन्दा भन्दै धेरैले आत्महत्या गरेर आफ्नो जिबन समाप्त पारेको सबैले देखेको र सुनेको नै छन्। आफु भन्दा ठुलो सत्य कुनै नभएको र त्यसैलाई सत्य मानेर हिड्न सक्यो भने मात्र जिबन सरल हुने कुरामा दुइ मत छैन। यस्तो स्तरहीन गफ दिएर अरुलाई आकर्षित बनाउन खोज्नु भनेको मुर्खता मात्र भएको र त्यस्ता कर्म नगर्न सबैलाई सुझाब छ, जसले त्यस्ता काम गरेका छैनन् उनीहरु ले कुनै प्रकार को प्रतिक्रिया दिनु पर्ने कारण छैन।

अर्थहीन र स्तरहीन कुरा गरेर अरुलाई प्रभावित पार्न खोज्नु पनी एक प्रकारको मानसिक रोग भएको कारण त्यसको पाटो मा पनी सोच्न जरुरी छ।

@twitter#naviin

नवीन रायमाझी

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया