डेमोक्र्याटकै बेटो ओ’रोर्कद्वारा मिशिगनका मतदाताहरूलाई प्राथमिक चुनावमा बाईडेन बिरूद्ध मतदान गर्न आग्रह

इनेप्लिज २०८० फागुन १२ गते २१:२० मा प्रकाशित

टेक्सस राज्यका चर्चित डेमोक्र्याट दलकै पूर्व सांसद तथा पूर्व अमेरिकी राष्ट्रपतिका उम्मेदवार बेटो ओ’रोर्कले मिशिगनका मतदाताहरूलाई डेमोक्रेटिक प्राथमिकमा राष्ट्रपति जो बाइडेनको बिरूद्ध मतदान गर्न आग्रह गरेका छन् ।

मङ्गलबार मिशिगनमा हुने डेमोक्र्याटिक प्राथमिक चुनाव अगाडि ओ’रोर्कले मतदाताहरूलाई बाइडेनको सट्टा प्राथमिकमा “अप्रतिबद्ध” मतदान गर्न आग्रह गरिरहेका छन्।

उनले इजरायल र हमास बीचको युद्धमा युद्धविराम गर्न बाइडेन प्रशासनले अस्विकार गरेको सन्दर्भमा ओ’रोर्कले गत शुक्रबार संचार माध्यमलाई उनले बाइडेन बिरुद्ध मतदान गर्न आग्रह गरेका हुन्

“हामीले युद्धविराम गर्नुपर्छ। त्यहाँ बन्धक बनाईएका प्रत्येक बन्धकहरू फिर्ता हुनुपर्छ। यो युद्धको अन्त्य हुनुपर्छ र प्यालेस्टिनी राज्यको लागि वार्तालापबाट समाधान हुनुपर्छ, “ओ’रुर्केले भने ।

यो सबै हुन आवश्यक छ र ती चीजहरू पारित गर्न अमेरिकाले पर्याप्त रूपमा काम नगरेको उनले आरोप लगाए ।

प्रतिक्रिया