यौन दुर्व्यवहारको आरोपमा अमेरिकी सेनाका चिक्तिसक पहिलो पटक अदालतमा हाजिर भएका छन् ।
गत शुक्रबार वाशिंगटन राज्यको सैन्य अदालतमा आफ्नो पहिलो उपस्थिति देखाए । दर्जनौं बिरामीहरूले ल्याएको आरोपबाट उत्पन्न हुने यौन दुर्व्यवहारको ५० भन्दा बढी गणनाहरूको सामना गरि रहेको सिबिएसन्यूजले जनाएको छ । सेनामा सम्भवत यस्तो प्रकारको अभियोग सबैभन्दा ठूलो मध्ये एक हुन सक्ने समाचारमा उल्लेख छ ।
चिकित्सक सेनानी (मेजर )माइकल स्टककिन विरुद्धको आरोपमा सेनाको न्याय संहिता अन्तर्गत अपमानजनक यौन सम्पर्कको ४७ वटा गणना र अभद्र व्यवहारको पाँच वटा गणनाहरू समावेश छन् ।
सेनाको विशेष परीक्षण सल्लाहकारको कार्यालयका अनुसार मुद्दा चलिरहेको छ। ४१ जना कथित पीडितहरू सबै पुरुष हुन्।
स्टककिनका वकिल रोबर्ट क्यापोभिलाले मुद्दाको सुनुवाइ नभएसम्म निर्णय रोक्न जनतालाई आग्रह गरेका छन । “निर्णायक मण्डलले आफ्नो फैसला नआएसम्म हामी प्रत्येक आरोपको बिरूद्ध लड्न चाहन्छौं।” उनले भने ।
प्रतिक्रिया