स्पेनको आवासगृह आगलागी हुँदा ४ जनाको मृत्यु ,बेपत्ता १४ जनाको खोजी जारी

इनेप्लिज २०८० फागुन ११ गते ११:४७ मा प्रकाशित

स्पेनको आवासगृह(अपार्टमेन्ट ब्लक)मा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ भने बेपत्ता १४ जनाको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

एबिसीन्यूजका अनुसार ४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

अग्नी नियन्त्रकहरू र सेना विशेषज्ञहरूले शुक्रबार पूर्वी स्पेनको शहर भ्यालेन्सियामा आगलागीले ध्वस्त भएको आवासीय गृह (ब्लक)मा चार व्यक्तिको मृत्यु भयो र १४ जना अझै जना बेपत्ता भएको बताएका छन् ।

भ्यालेन्सियाका नगर प्रमुख मारिया जोसे क्याटालाका अनुसार १४ तले भवन भत्किने खतरा र आगोबाट जारी तीव्र गर्मी दुवैले आपतकालीन कामदारहरूलाई सम्भावित जीवित व्यक्तिहरूको खोजीमा जानबाट रोकेकी थिइन् ।

आगलागी सुरु भएको करिब १५ घण्टापछि अग्निनियन्त्रकहरूले भत्किएको भवनका केही भागहरू निभाउन जारी राखेका थिए।

क्याटालाका अनुसार छ जना घाइते व्यक्तिहरू शहरका अस्पतालहरूमा भर्ना भएको र तीमध्ये चार अग्निनियन्त्रकहरू पनि उपचारको अलागी अस्पतालमा लागिएको उनले बताईन ।

भवनमा कति मानिस थिए भन्ने थाहा नभएको तर दर्जनौंले आफ्नो घर र सामान गुमाएको विश्वास गरिएको छ। भवनका बासिन्दाहरूलाई त्यहाँका अतिथी गृह वा आफन्त वा छिमेकीहरूको घरमा बास दिइएको अधिकारीहरूले भने।

बिहीबार साँझ शहरको केन्द्रको बाहिरी भागमा झ्यालबाट आगो निस्किएपछि अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए। भवनको एक भागबाट सुरु भएको आगो छेउको भवनमा फैलिएको थियो ।

स्पेनको सैन्य आपतकालिन इकाईका करिब ९० सिपाही र ४० अग्नि नियन्त्रण गाडी(बारुण यन्त्र)तैनाथ गरिएको थियो। शुक्रबार बिहान सम्म आगलागीको कारण भने खुल्न सकेको छैन । उक्त भवन करिब १५ वर्षअघि निर्माण भएको बताइएको छ ।

प्रतिक्रिया