अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको देवानी ठगी मुद्दामा ३५४ मिलियन डलर तिर्न आदेश दिएपछि न्यूयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सले यदि उनले पूर्व राष्ट्रपतिले नगद तिर्न समर्थ भएमा उनको सम्पत्ति जफत गर्न तयार रहेको बताइन ।
“यदि उनीसँग न्यायधिशले दिएको फैसला चुक्ता गर्न कोष छैन भने, हामी अदालतमा न्याय प्रवर्तन संयन्त्र खोज्नेछौं, र ,हामी न्यायाधीशलाई उसको सम्पत्ति जफत गर्न आग्रह गर्नेछौं,” जेम्सले एबीसी न्यूजको आरोन काटरस्कीसँगको अन्तर्वार्तामा भनिन ।
न्यायाधीश आर्थर एन्गोरोनले ट्रम्पलाई गत शुक्रबार ३५४.८ मिलियन र लगभग १०० मिलियन पूर्व-निर्णय ब्याजमा जरिवाना गरेका थिए ।
पूर्व राष्ट्रपतिले सबै गलत कामलाई अस्वीकार गर्दै अपिल गर्ने बताएका छन्।
प्रतिक्रिया