ड्यूटीमा रहेकी श्रीमतीको एसएसपीका बडिगार्डले गरेको हत्याको प्रमुख कारण पारिवारिक कलह (भिडियो सहित)

इनेप्लिज २०८० फागुन ७ गते २३:५६ मा प्रकाशित

घोराहीमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएपछि जिल्लाको शान्ति सुरक्षाको विषयमा गम्भिर वहस सिर्जना भएको छ । घोराहीको मुख्यचोक नै मानिने दामोदर चोकमा श्रीमान्‌ले प्रहरी जवान रहेकी आफ्नै श्रीमतीको गोली हानी हत्या गरेपछि शान्ति सुरक्षा अत्यन्तै कमजोर रहेको जिल्लातहमा विश्लेषण हुन थालेको छ ।

केही दिनपहिले मात्रै दाङको घोराहीमै कार्यरत अर्का एक प्रहरीले आफ्नी श्रीमती र नाबालक छोराको हत्या गरेर आफैं प्रहरीकहाँ पुगेका थिए ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका-१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला बिहीबार राति गोली प्रहारबाट मृत्यु भएको हो । उनलाई ढाडमा तीन राउन्ड गोली लागेको थियो ।

https://www.youtube.com/watch?v=HOchFhaij5k

प्रतिक्रिया