“यदि उनलाई अमेरिका सुपुर्दगी गरियो भने, ऊ मर्नेछ” : विकिलिक्सका संस्थापक असान्जकी पत्नीले स्टेला असान्ज

इनेप्लिज २०८० फागुन ७ गते १२:०९ मा प्रकाशित

“उनी कारागारमा रहँदा हरेक दिन उनको जीवन जोखिममा छ। “यदि उनलाई अमेरिका सुपुर्दगी गरियो भने, ऊ मर्नेछ।” ,विकिलिक्सका संस्थापक जुलियन असान्जकी पत्नीले स्टेला असान्ज बिहिबार लन्डनमा पत्रकारहरुलाई बताइन ।

हिरासतमा रहँदा स्वास्थ्य बिग्रिएको असान्जका लागि यो निर्णय जीवन र मृत्युको विषय भएको उनकी श्रीमतीले बताइन्।

अस्ट्रेलियाका सु सांख्य (कम्प्युटर )विशेषज्ञ ५२ वर्षीय असान्जलाई सन् २०१० मा विकिलिक्सले लाखौं गोप्य कागजातहरू प्रकाशन गरेकोमा १८ वटा आरोपमा अमेरिकामा अभियोग लगाएको छ।

उनले अमेरिकी सेनाको गुप्तचर विश्लेषक चेल्सी म्यानिङसँग पेन्टागनको कम्प्युटर ह्याक ( अनधिकृत प्रवेश )गर्न र इराक र अफगानिस्तानको युद्धका गोप्य कूटनीतिक संचार उपकरणहरू र सैन्य फाइलहरू जारी गर्ने षड्यन्त्र रचेका थिए।

उनीमाथि १७ वटा जासुसी र सुसांख्य यन्त्र (कम्प्युटर )दुरुपयोगको एउटा आरोप भएको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ । यदि दोषी प्रमाणित भएमा उनका वकिलहरूले उनलाई १७५ वर्षसम्मको कारागार सजाय हुन सक्ने बताएका छन् ।

विकिलिक्स द्वारा प्रकाशित मिसिल (फाइल)हरू मध्ये बगदादमा अमेरिकी सेनाले २००७ को अपाचे उदग्रबिमान (हेलिकप्टर )आक्रमणको श्रब्यदृश्य (भिडियो थियो) जसमा दुई रोयटर्स पत्रकार सहित ११ जना व्यक्तिको मृत्यु भयो।

पत्नी स्टेला असान्जले जुलियनलाई अमेरिकी सरकारले गरेको युद्ध अपराधको प्रमाणको जनतालाई जानकारी प्राप्त गर्ने, राख्ने र सञ्चार गरेको अभियोग लगाइएको बताइन ।

प्रतिक्रिया