प्रवासी नेपाली मन्च राष्ट्रीय र अन्तर्राष्ट्रीय रूपमा संगठन विस्तारमा

इनेप्लिज २०८० फागुन ६ गते २०:०४ मा प्रकाशित

प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीको फिजिकल बैठक मलेशियामा सम्पन्न गरि अध्यक्ष सन्जय थापा र सचिवालय सदस्य तथा अमेरिका माहदेश ईन्चार्ज प्रभु थापा हङकङको कार्यक्रममा सहभागि हुनुभयो ।

अध्यक्ष मकाउ हुदै आज कम्वोडियामा प्रवासी नेपाली मन्च राष्ट्रीय भेला आयोजक कमिटी निर्माण गर्नु भयो भने अध्यक्ष थापाको कर्मभूमि अमेरिकामा २७ औ राज्य कमिटीको रूपमा आजै अर्कान्सस राज्य आयोजक कमिटी निर्माण भयो यसलाई संयोग नै मान्नु पर्दछ यस भन्दा अघि कम्वोडिया र अर्कान्सस दुबै ठाउंमॉ संगठन थिएनन ।

ओेनएफ आर्कन्स राज्यमा फेब्रवरि १८, २०२४ मा सम्पन्न भेलाले डा. नवराज दाहाल अध्यक्ष, डा. दिनेश भट्टराई उपाध्यक्ष, अर्जुन चापागाई सचिब, सद्स्यहरुमा दिपकराज जोशी, पुस्पा घिमिरे र चेतना ओली रहेको नयाँ कमिटि गठन गरेको छ ।

युनिभर्सिटी अफ आर्कन्स, फोर्ट् स्मिथमा फिसिक्सका अस्सिस्टेन्ट प्रोफेसर डा. नवराज दाहालको अध्यक्ष्यता, ओएनएफ अमेरिकाका उपाध्यक्ष भिम ओलीको सन्चालन र ओेएनएफ आईसीसीका अध्यक्ष सञ्जय थापाको प्रमुख आथितत्यतामा सम्पन्न भेलालाई ओएनएफ आईसीसीका सचिबालय सदस्य एबं अमेरिका महादेश इन्चार्ज प्रभु थापा, ओएनएफ अमेरिका महादेशका संयोजक ईश्वरी भट्ट, ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने, उपाध्यक्ष गोकर्ण दाहाल, सचिब छबी पाण्डे, सचिबालय सदस्य भुवन अधिकारीले आफ्नो मन्तब्य राख्दै नब निर्बाचित कमिटिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रवासी नेपाली मन्च अमेरिका आफ्नो दोस्रो साधारण सभा यहि मे महिनाको अन्तिम साता लसएन्जलसमा गर्ने निर्णय सग्गै संगठन विस्तारमा लागेको हो ।

प्रतिक्रिया