प्रहरी श्रीमानले ड्युटीमा रहेकी प्रहरी श्रीमतीलाई गोली हानी ज्यान लिए, कारण यस्तो (भिडियो सहित)

इनेप्लिज २०८० फागुन ४ गते २३:०४ मा प्रकाशित

प्रहरी सहायक हवलदारले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय (हाल नेपालगन्ज बाँके)मा कार्यरत सहायक हवलदार यमबहादुर झाँक्रीले वडा प्रहरी कार्यालय घोराही(दाङ) मा कार्यरत प्रहरी जवान आफ्नै श्रीमती धनमाया थापा मगरलाई पेस्तोल प्रहारगरी हत्या गरेका हुन् ।

दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार टु ट्वान्टी बाइकमा आएका झाँक्रीले घोराहीको दामोदर चोकमा हतियारसहित ड्युटीमा बसेकी श्रीमतीलाई तीन राउन्ड गोली हानेका थिए । दुई राउन्ड कोखामा र एक राउन्ड गोली छातीमा लागेको थियो ।

गोली प्रहारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले मगरलाई मृत घोषणा गरेका थिए । श्रीमतीलाई गोली हानी हत्या गर्ने सहायक हवलदार झाँक्रीलाई प्रहरी पेस्तोलसहित लमहीबाट पक्राउ गरेको छ ।

सहायक हवलदार झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय(हाल नेपालगन्ज बाँके)का एसएसपीका बडिगार्ड हुन् । प्रहरीका अनुहार उनकी श्रीमतीले दाङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।

https://www.youtube.com/watch?v=edSC51_3S1o

प्रतिक्रिया