शिक्षक संघ र नेपाल निजामती कर्मचारी जस्ता पेशामा संलग्न व्यक्तिहरूलाई पार्टी सदस्यता प्रदान नगर्ने।

बेद प्रसाद घिमिरे २०८० फागुन ४ गते ११:२२ मा प्रकाशित

नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकमा पेश गरिने नीति, सांगठानिक र समसामयिक राजनीतिक प्रस्तावमाथि केन्द्रीय समिति बैठकमा छलफल गरेको छ।

बिहीबारदेखि सानेपामा सुरू केन्द्रीय समितिमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठानिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन्।

तीन वटै प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्न पाउँछन्। केन्द्रीय सदस्यहरूलाई प्रस्तावहरू पढेर थपघटका लागि बुँदागत रूपमा सुझाव दिन भनिएको छ।

महामन्त्री थापाले पेश गरेको सांगठानिक प्रस्तावमा शिक्षक र सरकारी कर्मचारीलाई कांग्रेस सदस्यता नदिने प्रस्ताव छ। कांग्रेसमा अहिले शुभेच्छुक संस्थाका रूपमा नेपाल शिक्षक संघ र नेपाल निजामती कर्मचारी युनियन छ।

‘प्रचलित कानुनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक, सरकारी कर्मचारी लगायतसँग सम्बन्धित शुभेच्छुक संस्थाहरूलाई पार्टीसँगको आबद्धताको निरन्तरतामा ठूलो अलमल छ, अब यस्तै अलमललाई निरन्तरता दिने कि बदल्ने?,’ थापाले सांगठानिक प्रस्तावमा उल्लेख गरेका छन्, ‘सम्बन्धित पेशामा संलग्न व्यक्तिहरूलाई पार्टी सदस्यता प्रदान नगर्ने।

प्रतिक्रिया