नेवा: अर्गनाईजेसन अफ् अमेरिकाका राजेश श्रेस्ठ र छॉयाचित्रकार ( फ़ोटोग्राफ़र ) राजिब श्रेष्ठका ममतामयी माताको १३ औं पुन्य तिथी

इनेप्लिज २०८० फागुन ४ गते २:२१ मा प्रकाशित

ईनेप्लीज

वाशिंगटन डिसी – अमेरिकाको सकृय संस्था नेवा: अर्गनाईजेसन अफ् अमेरिका ( एन० ओ० ए० ) का प्रथम उपाध्यक्ष तथा एअर जोन् ट्राभल्सका सन्चालक राजेश श्रेस्ठ र प्रसिध्द छॉयाचित्रकार ( फ़ोटोग्राफ़र ) राजिब श्रेष्ठ द्वय का दिबंगत ममतामयी माताको १३ औं दिनको पुन्य तिथीमा “ प्रशाद खुवाउने “ कार्यक्रम सम्पन्न भएको छ ।

राजधानी वाशिंगटन डिसी नजिकै म्यारिल्यॉण्डको पोटोम्याक् स्थित इस्कोन् हिन्दु मन्दिरमा यही फरबरी १० तारिख शनीबार बिहान आयोजित शोक-समारोहमा सर्बप्रथम हिन्दु संस्कार बमोजिम् पण्डितबाट पूजापाठ गरेर मृतात्माको चिर शान्तीको कामना गरिएको थियो र त्यसपछी आफन्तहरू , ईस्ट्रमित्र , साथीभाई र दाहसंस्कारमा सहभागी भएका मलामीहरूलाई १३ औं दिनको “ प्रशाद “ खुवाईएको थियो ।

नेवा: अर्गनाईजेसन अफ् अमेरिका ( एन० ओ० ए० ) का अध्यक्ष महेन्द्रमान सिं प्रधान , एन० ओ० ए० का पूर्ब

अध्यक्ष रामलाल श्रेस्ठ , अर्का पूर्ब अध्यक्षहरू राजेश श्रेस्ठ / बबिता प्रधान लगायत एन० ओ० ए० का बर्तमान तथा पूर्ब पदाधिकारीहरू सबै १३ औं पुन्य तिथीमा उपस्थित थिए । अमेरिकाको नेपाली समुदायका जेस्ठ ब्यक्तित्व राम मालाकार र नर्थ अमेरिकाकै जेठो संस्था अमेरिका नेपाल सोशाईटी ( १९६७ ) का पूर्ब अध्यक्ष खेम भट्टचन लगायत करिब डेढ़ सय जना १३ औं दिन को पुन्य तिथीमा सहभागी थिए ।

८९ बर्षको उमेरका हृदयघात भई म्यारिल्यॉण्डको जर्मन टाउनमा दिबंगत हुनुभएका आमाका ३ छोरा , ३ बुहारी , १ छोरी र ६ नाती नतिना छन् ।

प्रतिक्रिया