दुखद खबर: छोरीसँग घर भित्र देखेपछि बुवाले गरे युवकको हत्या, मापसे गरेर आवेगमा हत्या गरेको बयान (भिडियो सहित)

इनेप्लिज २०८० फागुन ३ गते २३:०७ मा प्रकाशित

दोलखामा छोरीको साथमा देखेपछि आफन्तले एक युवकको हत्या गरेका छन्।

शैलुङ गाउँपालिका-४ का १८ वर्षीय भीष्म भण्डारीको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिए।

हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शैलुङ गाउँपालिका-५ का पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपाली छन्। जिल्ला प्रहरी कार्यालय आइतबार घटनाबारे सार्वजनिक गरेको हो।

डिएसपी खड्काका अनुसार पुस ११ गते इश्वरकी छोरी र भीष्‍मसँगै फेला परेका थिए। भीष्मको शव पुस १६ गते शैलुङ गाउँपालिका-५ मा फेला परेको थियो।

अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई माघ ७ र ८ गते नै पक्राउ गरेको थियो। तर अहिलेमात्रै घटना सार्वजनिक गरेको हो।

पक्राउ परेका तीन जनाले भीष्मको हत्या गरेको बयान दिइसकेका छन्।

https://www.youtube.com/watch?v=02fXGcLn0HE

प्रतिक्रिया