दुर्गा प्रसाईंले राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने बताएका छन्

बेद प्रसाद घिमिरे २०८० फागुन २ गते २२:४३ मा प्रकाशित

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने बताएका छन् ।

बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफू राप्रपामा जाने भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा भएको भन्दै राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने बताएका हुन् । आफूले पार्टी बनाउन चाहेको भए राप्रपाभन्दा ठूलो पार्टी बनाउन सक्ने उनको भनाइ थियो
त्यस्तै, उनले आफू पार्टी बनाउनेभन्दा पनि पीडित, शोषित जनताको मुक्तिका लागि काम गरिरहेको जिकिर गरे ।

यसअघि राप्रपाले प्रसाईं नेतृत्वको अभियानसँग कार्यगत एकता गर्दै आफ्ना एजेन्डा स्थापित गराउन वार्ता टोली बनाएको थियो । प्रसाईंले अब आफूहरूको आन्दोलन राजधानीमा मात्रै नभई जिल्ला–जिल्लामा केन्द्रित हुने जिकिर गरे।

प्रतिक्रिया