दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र , राष्ट्रियता , धर्म र नागरिक बचाउ महाअभियानले आफ्नो प्रथम वार्षिकोत्सब मनाएको छ

बेद प्रसाद घिमिरे

बेद प्रसाद घिमिरे २०८० फागुन १ गते २३:४३ मा प्रकाशित

फागुन, १ काठमाण्डौ दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र , राष्ट्रियता , धर्म र नागरिक बचाउ महाअभियानले आफ्नो प्रथम वार्षिकोत्सब मनाएको छ ।

गतवर्ष फाल्गुन (१ गते झापाको मेचिपुलमा पुर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दिप प्रज्जवलन गर्दै प्रसाईले देश र जनताको अवस्था फेर्न वर्तमान व्यवस्था नै फेर्नुपर्ने भन्दै अभियान चलाउदै आएका थिए ।

बैंक, बित्तिय सस्था , सहकारी र मिटरव्याज पीडितहरुका पक्षमा आफू रहेको भन्दै आएका प्रसाईले आज १ वर्ष पुगेको अवसरमा काठमाडौको भृकुटीमण्डपमा वार्षिकोत्सब कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रसाईले यो देश काङ्ग्रेस , एमाले , माओवादी र कान्छो दल स्वतन्त्रको कारण दलदलमा फस्नुका साथै केही सिमित मारवाडि व्यापारीको पासोमा परेको गम्भीर खुलासा गरेका छन ।
आजको कार्यक्रममा देश लुटने सिमित व्यापारीहरु चौधरी ग्रुप , विशाल ग्रुप , साङघाई ग्रुप , यती ग्रुप , गोल्छा , दुगड ग्रुप र दिपक मल्होत्रा जस्ता तस्करले देशलाई लुटेको भन्दै उनले सबैको फोटो सार्वजनिक गरेका हुन ।

दैनिक हजारौंको संख्यामा नेपालीहरु लाई बिदेश जान बाध्य पार्ने , उधोग कलकारखाना ध्वस्त पार्ने , नेपालको शिक्षा र स्वास्थ्यमा राजनीतिकरण गर्ने , शक्ती र सत्तामा अनावश्यक सिन्डिकेट लगाएर सबै दलका शिर्ष नेताहरु लाई कमिशन खुवाएर नेपालीहरु लाई जीउँदै जल्न, आत्महत्या गर्न र घरबार बिहिन बनाइ आफू मोजमस्ती गर्ने तस्कर मारवाडीहरु लाई कार्वाहीको दायरामा ल्याउन सरकारले नसक्ने उदघोष् गरेका प्रसाईले यी सबैका विरुद्ध लडन आम जनताहरुलाई एकजुट भएर मैदानमा आउन अपिल गरेका छन ।

सम्बोधनकै क्रममा प्रसाईले झापाको गिरिबन्दु टि स्टेटको जग्गा प्रकरणमा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि ओलिले १ अर्ब र २५ बिगाहा जग्गा काङ्ग्रेस सभापति शेर बहादुर देउवा पत्नि आरजु राणाले ४४ करोड रुपैयाँ लिने सहमती गरेर विवादास्पत पात्र दिपक मल्होत्राको पोल्टामा हाल्देको हजारौं बिगाहा जग्गा सर्वोच्च अदालतको फैसला बाट बदर भएपछि तस्करहरुको भागाभाग हुन थालेको गम्भीर खुलासा समेत गरेका छन ।।

भोलि बिहान ठिमीस्थित घरबाट पत्रकार सम्मेलन मार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै व्यवस्था परिवर्तन नभए सम्म निरन्तर आन्दोलन गर्ने जानकारी समेत प्रसाईले दिए।

प्रतिक्रिया