ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्श गठन 

सन्जोग आचार्य २०८० फागुन १ गते २३:२६ मा प्रकाशित

सदस्यता लिने मिति फेब्रुअरी अन्तिमसम्म, साधारणसभा मार्चमा 

न्यूयोर्क – न्यूयोर्कमा रहेका नेपालीमूलका ब्यबसायीलाई एउटै छातामूनी संगठीत गर्ने उदेश्यले ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्श गठन गरिएको छ । न्यूयोर्क राज्यसंगै न्यूजर्सी, कनेक्टिकट र पेन्सनभेनीया राज्यका व्यबसायीलाई पनि उक्त संस्थाको सदस्यता खुला गरिएको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चेम्बर अफ कमर्श आधिकारीक रुपमा दर्ता भई हाललाई दुई प्रकारका सदस्यता खुला गरिएको छ । नेपाली भाषिहरुले सन्चालन गरेको व्यबासयीक कम्पनीको सदस्यता शुल्क २५० डलर तोकिएको छ भने अमेरिकामा ठूला व्यबसाय कम्पनीको लागि कर्पोरेट सदस्यता शुल्क २००० डलर राखिएको न्यूयोर्क चेम्बर अफ कमर्शका अध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिनुभयो ।

संस्थाको कर्पोरेट सदस्यता लिने कम्पनीहरुको बर्षभरीनै प्रबद्र्धन गरिने सो अबसरमा अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यसैगरी कर्पोरेट सदस्य लिएका व्यबसायीलाई कुनै कानूनी सहयोग, सल्लाह चाहिएमा त्यो पनि उपलब्ध गराइने पत्रकार सम्मेलनमा अध्यक्ष श्रष्ठले जानकारी दिनुभयो । सो अबसरमा व्यबसायी अमित शाहले चेम्बर अफ कमर्शको गठनले नेपाली भाषिका ब्यबसायहीहरुको हक, हितको लागि ठूलो सहयोग पुग्ने बताउनुभयो ।

न्यूयोर्क चेम्बर अफ कमर्शका सदस्यलाई कुनै कानूनी सहयोग चाहिएमा त्यो उपलब्ध गराउन आफूहरु तयार रहेको पनि फूलारा ल फर्मका संचालक बासु फूलाराले जनाउनुभयो । सो संस्थाको सदस्यता लिने मिति फ्रेब्रुअरी अन्तिमसम्म तोकिएका छ भने साधारणसभा यही मार्च २४ गते गर्ने तयारी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया