मेरो रोजाइ मा मन परेकी सानु

इनेप्लिज २०८० फागुन १ गते १२:२२ मा प्रकाशित

प्रिय निता,
खै कसरी सम्बोधन गरूँ ?
कहाँ बाट सुरु गरूँ ?
मेरो रोजाइ मा मन परेकी सानु


   .. न्यानो माया अनि मिठो सम्झना .! यी हिमालहरूमा घुमेर बसेको थिए । मनमा धेरै कुरा थिए । के कुरा
बोलौँ के भनूँ सोच्न सकेको छैन । प्रकृतिको सुन्दरतामा मन रमाएको थियो । तिमिलाई हेर्दा मनमा तरङ्ग पैदा
भएको थियो । त्यो हेराई बाट तिम्रो दिवाना भएर पत्र  लेखे । पत्र कोरेर तिमीलाई मायाको, भिक माग्दै छु.! मेरो
रोजाइमा परेकी सानु .. न्यानो माया अनि मिठो सम्झना !
 
थाहा छैन कोही किन कसैलाई, त्यति धेरै प्रेम गर्छन्, के कुरा गरौँ । हरेक दिन आउने यो चौबीस घण्टाको समय
तिमीलाई सम्झिनका लागि एक पलजस्तो मात्र लाग्छ । मेरो हृदयको दृष्टिमा तिमिलाई देख्छु । जानी नजानी दुई
चार शब्द कोर्ने प्रयास गरेको छु । कुन शब्दबाट सुरु गरूँ म दुबिधामा छु । तिमिलाई भेट्न सकिन्छ कि धेरै बेर
बाटोमा कुरेर बसेको छु । मेरो मनमा अनेक कुराहरू खेलाएको छु । कहाँबाट यो मनमा मायाको  मूल फुट्यो त्यो
कुरा त मलाई पनि थाहा छैन ।   
 
तर पनि तिमि सँग बोल्ने आट गर्दै छु । आँखाहरूले धेरै कुरा बोल्दै थिए । त्यो आवाज मनमा बसेको थियो ।
चुपचाप हेरिरहे । मायालुको अनुहार हेरेर मनको धोको पुरा गरे ।
 
यो मेरो देश सुन्दर ती हिमालले मनबाट आनन्द आउँछ । हिमनदी र पहाडबाट खसेका झरनाहरू हेर्दा मनमा
अनेक तरङ्ग पैदा हुन्छन् । यही देशमा बसौँ यही देशको माटोलाई माया गरौँ जस्तो लाग्छ ।
 
तिमिलाई थाहा छ लामो यात्रामा निस्केको समय सगरमाथाको फेदी सम्म पुगेका थियौ । हिमालका दृश्यहरू
नियाल्दै मनमा खुसीका तरङ्ग पैदा गर्‍यौ । यहाँबाट मनकामना माईको दर्शनको लागि निस्केका थियौ ।

प्रिय निता
 धेरै समय देखि भेट्ने आशा मनमा थियो । तिमि सँगका सम्झनाहरू साथमा थिए । यो मन पनि हावा जस्तै
उड्दै थियो । मनमा खुसीका लहरहरू आउँदै थिए । मेरो मनमा अनेक विचारहरू पैदा भएका थिए । थाहा छ होला
हाम्रो त्यो पहिलो भेटको समय । शान्त वातावरण खुला आकाश प्राकृतिक सुन्दरताले पनि आफै तिर तानिरहेको
थियो । सिम सिम पानी पर्दै थियो । पैदल यात्रा गर्दै लगनखेलबाट विशाल बजार सम्म सँगै गएका थियौ ।

सामान्य कुराकानी भयो । यी आँखाहरूले तिम्रो मनलाई पढिरहेका थियो ।

यो एउटा समय थियो
केही समय पछि हामी आफ्नो बाटो लाग्यौ मौसम सफा थियो तर त्यो दिन हामीले फोनमा पनि कुरा गरेका थियौ
। मनमा उत्साह थियो । त्यो मिलनको समयको ।
 
प्रिय निता
किन किन तिम्रै बारेमा सोच्ने गर्छु । किन मनमा अनेक कुरा खेलाउँछु । हाँसो र खुसीका समय पनि संयोग हुँदो
रहेछ जस्तो लाग्छ ।

बसमा यात्रा गर्दै थिए । मनमा अनेक कुरा खेल्न थाले । सम्झने मनले धेरै पटक सम्झे होला । धेरै चोटि फोन
सम्पर्क गर्ने प्रयास पनि गरे होला । सम्झनाले मनलाई तरङ्गित बनाउन थाल्यो । यी अपि सैपाल हिमालका
दृश्य हेर्ने  कुरा पनि गरेका थियौ । प्रकृतिलाई हेरेर मनलाई आनन्दित बनाउने कुरा हामीले गरेका थियौ । हेर न
प्रिय सी यो कस्तो समय हाम्रो माया गर्ने तरिका जीवन त जसो त्यसो चलिरहेको थियो । हामी बसेको ठाउँ
फरक भए पनि मन एउटै थियो । मनले भन्थ्यो सधैँ माया गरिरहूँ ।

प्रिय निता
महिनाको अन्तिम दिन थियो । भेट्ने मनमा आशा थियो । भेट्न कोसिस गर्‍यौ तर समयको खेल हाम्रो भेट हुन
सकेन । मैले जहाजमा जोमसोमबाट पोखराको लागि यात्रा गरे । फेरि मनमा हावा चल्यो । जहाजबाट देखिएका
दृश्यले नयाँ अनुभूति गरायो । यो समय हामी घुमेका ठाउँहरू सम्झेको थिए । रारा ताल, फेवाताल ,पोखराको दृश्य
र कञ्चनजङ्घा देखि धेरै रमणिय ठाउँहरूमा घुमेका थियौ । सम्झनाको वेगमा मनको नदी बग्दै थियो ।
 
यी आँखामा तिम्रा चेहराहरू कैद गरेको छु । विगतका पलहरू सम्झिएर मन खुसी बनाएको छु ।
किन यो मनमा उनको चिन्ता हुने गर्छ । माया पनि मनमा औधी लाग्छ । लाग्छ तिमि जीवन भरको लागि मेरो
भइदिए हुन्थ्यो । तिम्रो कुरा सुन्न र तिम्रो मनको कुरा बुझ्न खोजेको थिए । यताउता घुम्दै जाँदा हावामा तरङ्ग
फैलिए जस्तो लागेको थियो । प्रेमको एहसास नै मीठो हुँदो रहेछ । प्रेममा परेपछि धेरै कुरा थाहा भयो । उनले
मलाई जिस्काउँदै हिँडिन । मैले मन्द मुस्कानले उनलाई स्वागत गरेको थिए । मानिसलाई कुन समय कहाँ जाने
भन्ने सङ्केत आखिर घडीले नै निर्धारण गर्ने गर्दछ । मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ, म तिमीलाई त्यहाँसम्म
देख्छु ।

प्रिय निता के कुरा सुनाउँदै थियौ  थाहा भएन । यी दिनहरू कस्ता हुन्छन् ? तिम्रो साथले जीवन यात्रा कस्तो
हुनेछ ? कस्तो समयको सामना गर्नु भाग्यमा छ ? जसरी भए पनि समय सँगै अगाडी बढ्नु छ ।  मायाको
संसारमा आफ्नो घर बनाउनु छ ।

तर थाहा छ निता ?
हर रात सपनीमा तिमि आयौ । हाँस्दै अनेक सुन्दर बस्तीमा मलाई घुमायौ । हामी नदिका किनारामा पुग्यौ ।
नदिका किनारामा हाँस्दै घुम्दै प्रकृतिको सुन्दर चेहरालाई मनमा राख्यौ । प्रकृतिले पनि धेरै कुरा सोधिरहेको छ
जस्तो लाग्थ्यो । यो माया , यो संसार प्रकृतिको देन हो कि सृष्टिको अनुपम उपहार ।

जिस्काएर तिमिले अनेक शब्दहरूको वाणले मोहनी जालमा पार्‍यौ । जिन्दगीको यात्रामा यहाँसम्म आई पुग्दा मैले
तिमिलाई मन पराएँ । चिच्याएर बोलाए तिमि सँग भेट गरे । तिमीलाई प्रेम गरे । हो म प्रेम गर्छु मैले तिमीलाई
माया गर्छु  । जिन्दगीमा देखेका सपनाहरू पुरा गर्न खोजेको छु ।    

प्रेयसी
तिमिलाई देख्दा मेरा आँखा खुसीले जलमग्न थिए । मेरा सारा सपनाहरू तिमि तिरै हाम फालेका थिए । मायालु
पाराले गरेको त्यो आँखाको चाल बुझ्न गाह्रो भयो । टाढै बाट भए पनि मनकामना देवीलाई सम्झी प्रार्थना गरे
मेरी मायालु सँग सुमधुर मिलनको आशा गरे ।
 
प्रिय सी:- 
मनको मायाले चेतना ,सोच र दृष्टिकोण फरक बनाउँदो रहेछ । तिम्रै भरमा बाचेको थिए । प्रेम धारामा बहेको
मन बगिरहन्छ । सोचेर सपनाको संसारमा हराए । प्रेमले मलाई धेरै कुरा सिकायो । जीवन सँगै जिउने आशा र
गहिरो मायाले नजिकिन्थ्यौ ,हाँस्थ्यौ, खेल्थ्यौ जिन्दगीको यात्रा अनौठो छ । स्वाभाविक आत्मीयतालाई सही
अर्थमा बुझ्नुपर्छ । जिन्दगी जसरी चले पनि तिमि प्रतिको प्रेम र सम्मान कम हुँदैन । तिम्रो जीवन यात्रामा
सहयात्रीको भूमिका निर्वाह गर्न तम्सिरहेको मान्छे हाजिर छु । तिम्रै समीपमा हुनेछु । त्यो दिलमा बस्न खोजेको
छु । तिम्रो मायामा सबै कुरा बिर्सी सकेको छु । तिम्रो हँसिलो मुहार हेरी जीवन जिउने प्रण गरेको छु । प्रेमको
पवित्र बन्धन सयौँ जुनी सम्म रहिरहने छ । जहाँ सङ्गै मुस्कुराई रहेका हुन्छन् विश्वास, आत्मीयता र आदर र
सत्कारका फूलहरू । तिमी मेरी माया हौ म तिम्रो प्रेम बन्न सकूँ। तिम्रो अनुहारको निश्चलता र सुन्दरता हेरिरहूँ
लाग्छ ।

तिमिलाई फूलको गुच्छा उपहार दिऊ कि भनेर राखेको छु । खुसी मनले हेर्‍यौ मेरो मनमा खुसीको सीमा नै रहेन

प्रिय सी !  
मायालु हौ तिमि मेरो छुटिन गाह्रो हुदोरहेछ । किन किन यो मन भावुक भएको छ । मनको गहिराई सम्म पुग्न
सकिने भनेको हामी आफैले हो । मनको कथा र समुन्द्रको गहिराई बुझ्न मनको समुन्द्रमा डुब्नुपर्छ । मेरो मनले
तिम्रो खुसी चाहन्छ । आखिर प्रेमले सबै कुरा सिकाउँदो रहेछ । प्रेमी लताको गहिराई मनको अन्तर स्कन्द वाट
प्राप्त हुन्छ, जो आर्गनिक हुन्छ, स्वछन्द हुन्छ। 


 यो मनको माया व्यक्त गर्न आएको छु । मेरो दिलको कुरा र मन भित्रका भावना व्यक्त गर्न खोजेको छु ।
हृदयको आवाज मैले तिमिलाई पठाएको छु । मलाई थाहा छ । मेरो म्यासेज पढेर तिम्रो मन भावुक हुनेछ । मेरा
लागि प्रेम आत्मीय बन्धन हो, जहाँ मनसँग मनको गहिराइ नापिन्छ र यो अटुट रहन्छ।  प्रिय सी सारा कुरा
स्पष्ट हुनेछन् । प्रेमले एक पटक मातेपछि बारम्बार बल्झिँदो रहेछ । जीवनमा असल साथी पाएको अनुभूति
हुनेछ । मन हलुका हुनेछ । तिमि आउने छौ भेट हुनेछ । तिमीले नै सोच त ध्यान दिएर ।  सात जुनीकै प्रेमको
यही जीवनमा अनुभूति गराउनेछु  प्रिय ! तिमी मेरो यो मिठो अनुरोध स्वीकार गर ल ।
उही तिम्रो प्रेम उही हाम्रो माया

उही तिम्रो मनको मायालु
(कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ!)

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया