वीरगंजका मेयर सिंहसँग ‘पति’ नाता कायम भएको दाबी गर्दै रिता भट्टराईले दर्ता गरिन अंश र डिभोर्स मुद्दा (भिडियो सहित)

इनेप्लिज २०८० माघ २९ गते २:०७ मा प्रकाशित

दायर गरेकी छिन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईले आइतबार जिल्ला अदालत पर्सामा अंश र सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको जिल्ला अदालतले जनाएको छ ।

अदालतमा दर्ता भएको फिरादपत्रमा भट्टराईले राजेशमान सिंह आफ्नो श्रीमान भएको दाबी गरेकी छिन् । जिल्ला अदालत पर्साका अनुसार श्रीमती नाता कायमै नभएकी भट्टराईले आइतबार सम्बन्धविच्छेद र अंश दाबी गर्दै मुद्दा दायर गरेकी हुन् । जिल्ला अदालतमा उनले पेश गरेको फिरादपत्रमा मेयर सिंहसँग आफूले प्रेम विवाह गरेको तर सो कुरा सार्वजनिक रुपमा बाहिर नदेखाएको दाबी गरिएको छ । आफ्नो शरीरबाट जन्मेकी छोरी रुबिनाको सम्पूर्ण भरण पोषण तथा सरकारी कागजात सिंहले नै बनाइदिएको र सोकै आधारमा आफू उनको पत्नी भएको तथ्य स्थापित हुने भट्टराईको फिराद पत्रमा भनिएको छ ।

‘प्रतिवादी राजेशमान सिंह प्रकाशमा रहेकी पत्नी अन्नपूर्ण हुनु भएकोमा म फिरादीले प्रेम विवाह गरेका कारण प्रकाशमा नल्याए पनि मेरो उदार (शरीर) बाट जन्मेकी छोरी रुबिना श्रेष्ठको जन्मदर्ता, शैक्षिक प्रमाण पत्र एवम् नागरिकता निवेदनबाट म निजकै पत्नी भएको तथ्य स्थापित हुन्छ । मुलुकी देवानी संहित २०७४ को दफा ७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वत विवाह भएको मानिने उल्लेख छ । अतः स्थापित कानुनअनुसार प्रतिवादी राजेशमान सिंह मेरो पति भएको पुष्टि हुन्छ,’ भट्टराईको फिराद पत्रमा दावी गरिएको छ ।

https://www.youtube.com/watch?v=5PBtI3qcRjY

प्रतिक्रिया