दुखद खबर: इमाडोलमा रबिनाले तीन तलामाथिबाट हा मफाल्दा मृत्यु, दुई बच्चा कोठामै बेहोस भेटिए(भिडियो सहित)

इनेप्लिज २०८० माघ २८ गते १५:३० मा प्रकाशित

ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ ।

ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले अनलाइनखबरलाई बताए । ‘झर्दा झर्दै देखेपछि स्थानीयले उद्दार गरेर किस्ट अस्पताल लगेका थिए, तर उपचारका क्रममा मृत्यु भएको छ’, उनले भने ।

लगत्तै कोठामा दुई जना बच्चा पनि बेहोस अवस्थामा भेटिएका थिए । उनकी छोरी २ वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनलाई पनि बेहोस अवस्थामा उद्दार गरेर किस्ट अस्पताल लगिएको थियो । दुवैको पनि उपचारका क्रममा मृत्यु भएको एसएसपी खनालले बताए ।

दुई जनाको मृत्युको कारण खुलेको छैन । ‘पोष्टमार्टमबाट मृत्युको कारण खुल्ला’, उनले भने । रविनाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । तर, सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन ।

https://www.youtube.com/watch?v=916-9LOpxq4

प्रतिक्रिया